मर्ज भएर आएका ६ निर्जीवन बीमा कम्पनीको कस्तो छ ब्यापार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2024 | 07:18:18 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्ज भएर आएका निर्जीवन बीमा कम्पनीहरुको ब्यापार (बीमाशुल्क संकलन) खस्किएको छ । गत बर्ष १२ निर्जीवन कम्पनी मर्ज भएर ६ वटा बनेका थिए । यसरी मर्ज भएका कम्पनीहरुको ब्यापार समग्रमा ३.२९ प्रतिशतले घटेको छ । 

आर्थिक वर्ष ७९/८० र ८०/८१ को दोस्रो त्रैमासको तुलना गर्दा मर्ज भएर आएका ६ कम्पनीमध्ये ३ वटाको ब्यापार खस्किएको देखिएको छ भने ३ वटाले भने ब्यापार बढाएका छन् । गत आर्थिक वर्षको दोस्रो त्रेमासमा यी कम्पनीहरुले छुट्टाछुट्टै रुपमा कुल १० अर्ब ४५ करोड ९० लाख रुपैयाँको ब्यापार गरेका थिए । तर, उनीहरुले संयूक्त रुपमा कारोबार गरेपछि चालु आवको दोस्रो त्रैमासमा १० अर्ब ११ करोड ५१ लख रुपैयाँको मात्र ब्यापार गरेका छन् । 

यो अवधिमा सबैभन्दा धेरै ब्यापार सिद्दार्थ प्रिमियरको घटेको छ । साविक सिद्दार्थ ईन्स्योरेन्स र प्रिमियर ईन्स्योरेन्स मिलेर बनेको यो कम्पनीको यो अवधिमा ब्यापार १८.३२ प्रतिशतले घटेको छ ।  गत आर्थिक वर्ष सिद्दार्थले १ अर्ब ३४ करोड १८ लाख र प्रिमियरले १ अर्ब ७ करोड ३२ लाख गरी कुल २ अर्ब ४१ करोड ५१ लाख रुपैयाँको ब्यापार गरेका थिए । तर, चालु आवको सोहि अवधिमा मर्ज भएर बनेको यो कम्पनीले जम्मा १ अर्ब ९७ करोड २६ लाख रुपैयाँको मात्र ब्यापार गरेको छ । 

त्यसैगरी, यूनाईटेड अजोड ईन्स्योरेन्सको पनि १२.७९ प्रतिशतले ब्यापार खस्किएको छ । गत आवको पहिलो त्रैमासमा यूनाईटेड ईस्योरेन्स र अजोड ईन्स्योरेन्सले छुट्टाछ्ट्टै गरेको ब्यापार १ अर्ब ४९ करोड ८० लाख रुपैयाँ थियो । चालु आवको सोहि अवधिमा यीनीहरुले संयुक्तरुपमा गरेको ब्यापार १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ रहेको छ । 

इस्तै, सगरमाथा ईन्स्योरेन्स र लुम्बिनी जनरल मिलेर बनेको सगरमाथा लुम्बिनी ईन्स्योरेन्स(सलिको) को ब्यापार ४.९७ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा सगरमाथाले १ अर्ब ४९ करोड ८० लाख र लुम्बिनीले ९७ करोड १९ लाख रुपैयाँ गरी जम्मा २ अर्ब ४६ करोड ९९ लाख रुपैयाँको ब्यापार गरेका थिए । यी २ कम्पनी मिलेर बनेको सलिकोले चालु आवको सोहि अवधिमा २ अर्ब ३४ करोड ७१ लाख रुपैयाँको मात्र ब्यापार गरेको छ ।

यो अवधिमा  सानिमा जीआईसीको ब्यापार सर्वाधिक बढेको छ । सानिमा जनरल र जनरल ईन्स्योरेन्स मिलेर बनेको यो कम्पनीले गत आवको दोस्रो त्रैमासमा १ अर्ब १ करोड ६४ लाख रुपैयाँको ब्यापार गरेको थियो । तर, चालु आवको सोहि अवधिमा यो कम्पनीले १ अर्ब १५ करोड २ लाख रुपैयाँको ब्यापार गरेको छ । जुन गत आवको तुलनामा १३.६ प्रतिशत हो । 

त्यसैगरी, हिमालयन एभरेष्टले ११.२२ प्रतिशत र आईजीई प्रुडेन्सियलले ७.०९ प्रतिशतले ब्यापार बढाएका छन् । साविक हिमालयन जनरल र एभरेष्ट ईन्स्योरेन्स मिलेर बनेको हिमालयन एभरेष्टले गत आवको दोस्रो त्रैमासमा १ अर्ब ५० करोड ८१ लाख रुपैयाँको ब्यापार गरेको थियो । चालु आवको सोहि अवधिमा १ अर्ब ६७ करोड ७४ लाख रुपैयाँको ब्यापार गरेको छ । 

त्यसैगरी, आईएमई जनरल र प्रुडेन्सियल ईन्स्योरेन्स मिलेर बनेको आईजीआई प्रुडेन्सियलले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा छुट्टाछुट्टै गरेर कुल १ अर्ब ५५ करोड १२ लाख रुपैयाँको ब्यापार गरेको थियो । यो कम्पनीले मर्ज भएर चालु आवको सोहि अवधिमा १ अर्ब ६६ लाख १२ करोड रुपैयाँको ब्यापार गरेको छ ।

हेर्नुस् कुनको ब्यापार कति ?यस अघि : मर्जर भएर आएका ४ जीवन बीमा कम्पनीको कस्तो छ ब्यापार ? 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved