अष्ट्रेलिया विश्वकपमा छनौट, अन्तिम टिमको टुंगो आज लाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 08:46:40 AM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलिया कतारमा हुने विश्वकपमा छनौट भएको छ । मंगलबार भएको प्ले अफ खेलमा पेरुलाई पेनाल्टीमा पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा स्थान पक्का गरेको हो 

निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि पेनाल्टी मार्फत बिजेता छनौट गरिएको हो । पेनाल्टीमा ५-४ गोल अन्तरले अष्ट्रेलिया विश्वकपमा छनौट भएको हो । अब अष्ट्रेलिया विश्वकपको समुह डि मा रहने छ । उक्त समुहमा अष्ट्रेलियासंगै फ्रान्स , डेनमार्क , र ट्युनिसिया रहेका छन् । विश्वकपमा यो अष्ट्रेलियाको छैठौ सहभागिता हुने छ । तर हालसम्म अष्ट्रेलिया समुह चरणभन्दा माथि जान सकेको छैन । 

यस संगै अब विश्वकपमा छनौट हुने ३२ मध्ये ३१ टोलीको टुंगो लागेको छ । थप १ टिमको आज लाग्ने छ । आज राति नेपाली समय अनुसार ११:४५ बजे सुरु हुने कोस्टारिका र न्युजिल्यान्डबीचको विजेताले बाँकि रहेको अन्तिम स्थान हात पार्ने छ । यो खेलको बिजेता विश्वकपमा छनौट हुने अन्तिम तथा ३२ औ टिम बन्ने छ । 

 विश्वकपको मुख्य प्रतियोगिता २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । 

कुन देश कुन समुहमा ? 

समूह ‘ए’ :

कतार

नेदरल्यान्ड

सेनेगल

इक्वेडर


समूह ‘बी’ :

इङ्ल्यान्ड

अमेरिका

इरान

वेल्स


समूह ‘सी’ :

अर्जेन्टिना

मेक्सिको

पोल्याण्ड

साउदी अरेबिया


समूह ‘डी’ :

फ्रान्स

डेनमार्क

ट्यूनिसिया

अष्ट्रेलिया


समूह ‘ई’ :

स्पेन

जर्मनी

जापान

कोष्टारिका/न्यूजिल्याण्ड


समूह ‘एफ’ :

बेल्जियम

क्यानडा

क्रोएसिया

मोरक्को


समूह ‘जी’ :

ब्राजिल

स्वीटजरल्यान्ड

सर्बिया

क्यामरून


समूह ‘एच’ :

पोर्चुगल

उरुग्वे 

दक्षिण कोरिया

घाना

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved