स्वरोजगार लघुवित्त Swarojgar Laghubitta Bittiya Sanstha Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २८ गते शनिवार काभ्रेको कायस्थ ब्यांक्वेट बनेपामा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विभिन्न १० प्रस्ताव पेश हुने छ । कम्पनीले २६.७५२० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४०८० प्रतिशत नगद गरी कुल २८.१६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्तापुंजी २६ करोड ९५ लाख रहेको छ ।
सभाप्रयोजनको लागि कम्पनीले मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर १२ १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।