नेपाल फाइनान्सको साधारणसभा आह्वान, १७५ प्रतिशत हकप्रद प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 08:49:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले एकै पटक ८ आर्थिक वर्षको साधारणसभा आह्वान गरेको हो । कम्पनीले भदौ ११ गते आइतबार कान्तिपथ स्थिति होटेल एल्लो प्यागोडामा सभा आह्वान गरेको हो ।

साधारणसभामा कम्पनीले आर्थिक वर्ष ६८/६९ देखिको वित्तीय विवरण, वार्षिक प्रतिवेदन, संचालक  नियुक्ति अनुमोदन, लेखा परीक्षकको नियुक्ति अनुमोदन लगायतका प्रस्ताव पेश गर्ने छ । त्यस्तै कम्पनीले १:१.७५ को अनुपातमा १७५ प्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३० करोड ५५ लाख रहेकोमा प्रस्तावित हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ८४ करोड २ लाख पुग्ने छ । कम्पनीले मर्जर तथा प्राप्तिको लागि आवश्यक प्रक्रिया बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गर्ने छ  । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन २५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन्  ।  


समस्याग्रस्त रहेको यस फाइनान्सलाई राष्ट्र बैंकले २०७६ मंसिर २० गते देखि लागु हुने गरि शसर्त फुकुवा गरेको थियो  । नेपाल राष्ट्र बैंकले नेपाल फाइनान्सलाई २०७१ मंसिर १७ गते समस्याग्रस्त सुचिमा राखेको थियो । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार फाइनान्सलाई निक्षेप संकलन गर्न, कर्जा लगानी गर्ने र जमानत प्रदान गर्ने लगायको कार्य गर्न रोक लगाएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved