गुहेव्श्वोरी मर्चेन्ट एण्ड बैंकिङको शेयर लिलाममा, पुष १३ देखि आबेदन खुला

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 25, 2017 | 07:06:58 AM मा प्रकाशित

गुहेव्श्वोरी मर्चेन्ट एण्ड बैंकिङले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। फाइनान्सले पुष १३ देखि पुष २० सम्म ४५ हजार ८७६.७६ कित्ता हकप्रद लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

फाइनान्सले लिलाममा राखेको शेयरमा साधारणतर्फ ४५ हजार ८७६.७६ कित्ता शेयर छ। फाइनान्सले कात्तिक १२ देखि मङ्सिर १८ सम्म १० बराबर ४ अर्थात ४० प्रतिशतका दरले हकप्रद बिक्रि गर्दा अवितरित शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

इच्छुक बोलकबोल दाताले पुष १३ देखि फाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स, लाजिम्पाट, काठमाडौं र नेपाल इन्भेष्टमेन्ट बैंकका तोकिएका बिराटनगर, सुर्खेत, बिरगंज, नेपालगंज, नारायणगढ, बुटवल र धनगढीका शाखा कार्यालयमा पुष २० सम्म आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्नेछ। 

बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम एनआईबिएल क्यापिटलको नाममा रहेको कुमारी बैंक, पुतलीसडक शाखामा रहेको खाता नम्बर ०१२४५२४६१६३९७०१७ मा रकम जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।   


इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन। प्रत्येक व्यक्ति वा संघसंस्थाले फाइनान्सले लिलाममा राखेको साधारण शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। 

४० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ६९ करोड ८ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ४९ करोड ३४ लाख छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड पुर्याउन फाइनान्सले करिब ११ करोड पुंजी थप गर्नुपर्ने हुन्छ। फाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ५९ लाख खुद मुनाफा गरेको छ। 

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved