२० दिनदेखि बन्द रहेको कर्णाली राजमार्ग खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2022 | 02:17:59 PM मा प्रकाशित

laxmi  sunrise bank

असोज १९ देखि २५ सम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद् कर्णाली राजमार्ग खुलेको छ ।  पानी र पहिरोका कारण झन्डै ४० किलोमिटर सडक अवरुद्ध थियो । दैलेखोला–जुम्लासम्म १०४ किलोमिटरमध्ये ४० किमि सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुको जनजीवन प्रभावित भएको थियो ।

सडक डिभिजन जुम्ला र नेपाली सेनाको मेहनतका कारण सडक अपेक्षा गरिएभन्दा छिटो खुलेको हो । सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले अबरुद्द भएको २० दिनपछि सोमबार राति साढे ८ बजेबाट कर्णाली राजमार्ग खुलेको बताए ।

तिहारमा घर जान नपाएर अलपत्र परेका नागरिक सडक खुलेपछि उत्साहित भएका छन् । राजमार्गबाट पहिरो पन्छाउने काम सम्पन्न भएको प्रमुख श्रेष्ठले जानकारी दिए । सडक अवरुद्ध भएपछि कर्णालीबासीलाई चाँडै राहत दिन कार्यक्षेत्रभन्दा बाहिर कालिकोट क्याम्प बस्ने गरी सेना पठाएको नन्दाबक्स गणका गणपति रविन थापाले बताए ।

‘विपदमा प्रभावित नागरिकलाई राहत उद्धार तथा पुर्नस्थापनाका लागि सेना गाउँमै खटिएको छ । सोहीअनुसार सडक डिभिजनको समन्वयनमा पहिरो पन्छाउनेदेखि ब्लाष्टिङ गरेर सडक खुलाउन सेना सक्रिय भएको थियो,’ उनले भने । सडक खुलेपनि तत्काल सुरक्षित यात्रा हुने छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved