तीन वर्षमा सक्ने लक्ष्य रहेको ९५ किमीको नागढुङ्गा-मुग्लिन सडक विस्तारमा कति भयो काम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2023 | 06:30:56 PM मा प्रकाशित

laxmi  sunrise bank

विस्तारको काम थालिएको नागढुङ्गा-मुग्लिन सडकको प्रगति अहिले अत्यन्त न्युन रहेको छ । उक्त सडक निर्माणको काम तीन प्याकेजमा चलिरहेको छ । दैनिक करिब १८ देखि २० हजार सवारीसाधन आवातजावत गर्ने उक्त सडक तीन वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । सडक कम्तीमा ११ मिटर चौडाइ हुने बताइएको छ। निर्माण सम्पन्न हुँदा कम्तिमा दुई नभए ४ लेनको सडक हुने सडक विभागका उपमहानिर्देशक डा विजय जैसीले बताए । 

तीनवटै खण्डको कुल लम्बाइ ९५ किलोमिटर छ । मलेखु–मुग्लिन खण्ड विस्तारको ठेक्का शर्मा जेडआईसीजी जेभीले ४ अर्ब ८० करोडमा पाएको छ । नागढुङ्गा–नौबिसे खण्ड सुगुन र जेएमसी जेभीले १ अर्ब ३१ करोड रुपैयाँमा ठेक्का पाएको छ भने नौबिसे–मलेखु खण्ड शर्मा लामा जेडआईसीजी जेभीले ५ अर्ब ३२ करोड रुपैयाँमा बनाइरहेको छ । 

यो विश्व बैंकको सहुलियतपूर्ण अनुदान ऋणमा बनिरहेको हो । यसअघि बनेको मुग्लिन–नारायणगढ खण्ड जस्तै यो खण्डमा पनि अहिले भएका पुल त्यही छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण गरिनेछ ।

उक्त खण्डमा चौडाइ चट्टान भएका ठाउँमा बाहेक ११ मिटर रहेको छ । सडक कम्तीमा नौ मिटरदेखि बढीमा ११ मिटरसम्म चौडा बनाइएको थियो । यहाँ भने २ लेन डेडिकेटेड हुनेछ । कतिपय ठाउँमा चार लेन पनि बन्ने छ । 

पहिलो खण्डको प्रगति राम्रो 

तीन प्यकेजमा काम थालिएको उक्त सडक विस्तारको पहिलो खण्ड नागढुङ्गा-नौविसे हो । त्यसपछि नौविसे-मलेखु र मलेखु-मुग्लिन खण्डको छ । पहिलो खण्ड १२ दशमलव २६ किलोमिटर रहेको छ । यो खण्ड कम्तिमा २ लेन र बाँकी ३ देखि ४ लेनसम्ममा विकास गर्न लागिएको छ । यसलाई दुई वर्षको समय लिएर ठेक्का शुरु गरिएको छ । यो खण्ड सबैभन्दा बढी २१ प्रतिशत प्रगति छ । नौविसे-मलेखु दोस्रो खण्ड हो । यो ४३ दशमलव ५४ किलोमिटर लम्बाई रहेको छ । यो पनि दुईदेखि ४ लेनमा विकास गर्न लागिरहेको छ । तीन वर्षको ठेक्का दिएको र अहिलेसम्म ४ प्रतिशत मात्रै प्रगति भएको छ । 

अर्काे मलेखु-मुग्लिन सेक्सनको ३८ दशमलव ८ किलोमिटर लम्बाईको रहेको छ । यहाँ पनि २ देखि ४ लेनको हुनेछ । तीन वर्षमै निर्माण सम्पन्न गर्ने योजना छ । ढिला ठेक्का लगाइएकाले यसको प्रगति १ दशमलव ५ प्रतिशत मात्रै रहेको छ । 

तीन वर्षपछि यो २ लेनको डेडिकेटेछट हाईवे बन्नेछ । यसअघि सिस्नेदेखि धार्केसम्म अल्टरनेटिभ सडक बनाउने योजना रहेकोमा अहिले यसैलाई अपग्रेट गरेकाले त्यो कार्यक्रम स्थगित गरिएको छ ।

बाहानाबाजी नगर्न ठेकेदारलाई मन्त्रीको चेतावनी

नागढुङ्गा–मुग्लिन सडक निर्माणमा कुनै बहानाबाजी नगर्न भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री प्रकाश ज्वालाले ठेकेदारहरुलाई चेतावनी दिएका छन् । विस्तारको चरणमा रहेको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक निर्माणमा कुनै बहानाबाजी गर्ने छुट नभएको सडक अनुगमनका क्रममा आज उनले बताए ।  

उनले भने, “उहाँहरुको समस्या पनि समाधान गछौँ, काममा बहानाबाजी गरेर भाग्न पाइँदैन, समग्रमा क्रोनिक ठेक्काको काम अघि बढाउने र काम नहुने लाईलाई ठेक्का तोडेर नयाँ विकल्पमा जाने निर्णय पनि गर्दै गएका छौँ ।”

राजधानी जोड्ने मुल सडक भएकाले अहिलेसम्म जे जे समस्या झेलिए पनि त्यसलाई समन्वयात्मक रुपमा समाधन गरी कामलाई तिब्रता दिने प्रतिबद्धता जनाएका छन् ।

उनले थपे, “यो हाइवेका सन्दर्भमा पनि कहीँकतै समस्या छ भने स्पष्टसँग भन्नुपर्यो समाधान गछौँ, क्याविनेटबाट गर्नुपर्छ की, मन्त्रालयबाट गर्नुपर्छ की, ऐन कानुन हेरफेर गर्नुपर्छ की, सबै कुकारको निम्ति तयार छौँ तर उहाँहरुले आफूलाई तोकिएको निर्धारित काम सम्पन्न गर्नुपर्छ अयोजना प्रमुख र कर्मचारी साथीले पनि ।”

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved