अब बाइक र स्कुटरको पछाडि बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 03:32:52 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्राफिक प्रहरी महाशाखाले अब दुइ पाङग्रे सवारी साधनको पछाडि बस्ने यात्रुले अनिवार्य हेलमेट लगाउनुपर्ने भएको छ । दुइपाङग्रे सवारी सधन दुर्घटना हुँदा अधिकांश समयमा पछाडी बस्ने यात्रुमा बढी प्रभाव पर्ने देखिएको भन्दै महाशाखाले यस्तो नियम ल्याएको हो । 

यो आर्थिक बर्षमा मात्र दुई पाङग्रे सवारी दुर्घटना हुँदा कुल दुर्घटनामध्ये ९६ प्रतिशत दुर्घटनामा मानवीय क्षति भएको छ । जसमध्ये अधिकांश दुर्घटनामा पछाडि बस्ने यात्रुको मृत्यु हुने गरेको महाशाखाको भनाई छ । ट्राफिक प्रहरीले पछाडी बस्ने यात्रुमा दुर्घटनाको समयमा प्रभाव कम गराउने उपायसहित यो व्यवस्था लागू गर्न लागेको हो । आगामी ६ महिनाभित्र सबै प्रक्रिया पूरा गरी यो नियम लागू गरिने महाशाखाले जनाएको छ । 

हेलमेट आइएसओ मान्यता प्राप्त हुनुपर्ने महाशाखाले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved