दुबै हात गुमाएकी घिमिरेलाई रिकन्डिसन व्यवसायी संघको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 11:44:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल अटो रिकन्डिसन व्यवसायी संघले दुबै हात गुमाएकी किशोरीलाई सहयोग गरेको छ । राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संघले मेघा घिमिरेलाई सहयोग स्वरुप ९२ हजार रुपैँयाको चेक हस्तान्तरण गरेको छ ।

संघले आयोजना गरेको ‘दुई पाङ्ग्रे सवारीसाधनबाट हुने जोखिम न्यूनीकरण तथा यातायात व्यवस्था सुदृढिकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा १ सय ४० भन्दा बढी रिकन्डिसन व्यवसायीहरुले सहभागिता जनाएका थिए । उनीहरुले कार्यक्रममा रिकन्डिसन व्यवसायमा देखिएका समस्याको उचित समाधनका लागि पहल गरिदिन सरोकारवाला निकायका प्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved