पल्सर डेयर भेन्चर लदाखमा, यसरी दिन सकिन्छ आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 04:54:16 PM मा प्रकाशित

laxmi  sunrise bank

हंसराज हुलासचन्द एण्ड कम्पनीले पल्सर डेयर भेन्चर सिजन ४ लिएर आएको छ । भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो ।

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराजले पल्सर डेयर भेन्चरको ३ सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । कम्पनिले २०१४, २०१५ र २०१७ मा भेन्चर सम्पन्न गरेको थियो ।

भेन्चरको चौथो सिजन भारतको लदाखमा हुनेछ । लदाखमा पल्सर राइडरहरुले सबैभन्दा साहसिक रोडहरुको उचाई मापन गर्दै अद्भूत अनुभव बटुल्न सक्ने कम्पनिले बताएको छ । 

यदि तपाइ बाइक यात्राका पारखि हुनुहुन्छ भने भेन्चरमा सहभागी हुनको लागी कम्पनिले रजिष्ट्रेसन खुल्ला गरेको छ । बजाज चालक बाहेकले पनि भेन्चरमा सहभागिता जनाउन सक्ने कम्पनिले जनाएको छ ।

रजिष्ट्रेसनको अवधि श्रावण ७ गतेसम्म मात्र रहेको छ । इच्छुकले पल्सर डेयर भेन्चरको वेभसाइट www.pulsardareventure.com मा गएर रेजिष्टर गर्न सक्नुहुन्छ ।

विजेताले १० लाख नगद पुरस्कार र नयाँ पल्सर एनएस २०० प्राप्त गर्न सक्नेछन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved