सेयर धितो कर्जाको सिमा ५ प्रतिशतले बढ्यो, कम डाउनपेमेन्टमै गाडी किन्न पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 12:39:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज ल्याउन लागेको यस आर्थिक बर्ष २०७७-७८ को मौद्रिक नीतिमा सेयर धितो राखेर लिन पाइने कर्जाको सिमा बढाएको छ। यसअघि ६५ प्रतिशत रहेको सेयर धितो कर्जा ९मार्जिन लोन लाई मौद्रिक नीति मार्फत ५ प्रतिशत बढाएर ७० प्रतिशत पुर्याइएको राष्ट्र बैंक स्रोतले जनाएको छ। 

सेयरधितो कर्जाको सिमा बढेसंगै कर्जा लिएर दोस्रो बजारमा लगानी गर्नलाई केहि सहज हुने देखिएको छ। त्यस्तै मौद्रिक नीति मार्फत राष्ट्र बैकले आवासीय घर कर्जाको सीमा १० प्रतिशतले बढाउने भएको छ। 

त्यस्तै राष्ट्र बैंकले गाडी कर्जा पनि ६० प्रतिशत पुर्याएको छ। राष्ट्र बैंकले गाडी कर्जा पनि ५० प्रतिशतलाई बढाएर ६० प्रतिशत पुर्‍याइदिएको छ। हिजो ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपरेपनि यो व्यवस्थाले अब गाडी खरिद गर्दा ४० प्रतिशत डाउनपेमेन्ट गरे हुनेछ। 

सार्वजनिक यातायात जोखिम पूर्ण हुन् सक्ने भन्दै सरकारले निजि गाडी खरिदमा डाउनपेमेन्ट घटाएको हो। यद्दपी ५० लाख भन्दा महंगा गाडी खरिदमा भने राष्ट्र बैंकले कडाई गरेको छ। 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved