यी बाईक सस्तो हुने, सरकारले घटायो कर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2021 | 04:36:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले दूई पाङ्ग्रे सवारीमा लाग्दै आएको विभिन्न कर घटाएको छ । सरकारले आर्थिक अध्यादेश २०७८ मार्फत करहरु हेरफेर गरेको हो ।

जस अनुसार सरकारले ४ सय सिसी इन्जिन क्षमता माथिका मोटरसाइकल र विद्युतीय दुई पाङ्ग्रे सवारीमा लाग्दै आएको सडक दस्तुरमा अधिकतम १ लाख सम्मको छुट दिने भएको छ । यस अघि २ लाख सडक निर्माण दस्तुर रहेकोमा त्यसलाई घटाएर १ लाख कायम गरिएको।

त्यस्तै सरकारले दुई पाङ्ग्रे इलेक्ट्रिक सवारीमा लाग्दै आएको सडक निर्माण दस्तुरलाई अधिकतम २ हजारले  घटाएको छ । यस संगै अब यस अघि १२ हजार पर्ने सडक दस्तुर कर घटेर १० हजार कायम भएको छ।

त्यस्तै सरकारले विद्युतीय गाडीमा लाग्दै आएको अन्तशुल्क खारेज गरेको छ । यस अघि अन्तशुल्क ६० प्रतिशतसम्म लाग्दै आएको थियो, अन्तशुल्क लिईसकेपछिको मूल्यमा भन्सार दर लाग्ने व्यवस्था थियो।   यसले विद्युतीय सवारी चलाउन प्रोत्साहन हुन सकेको थिएन, तर अब ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था हटेर शून्यमा झर्दा गाडी १० लाख सस्तो हुने ब्यबसायीहरु बताउछन्  ।  


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved