होण्डाको नयाँ बाइक सार्वजनिक, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2021 | 12:14:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले बहु प्रतिक्षित होण्डाको CB 350 RS नेपाली बजारमा सार्वजनिक गरेको छ । 

कम्पनीका अनुसार यसमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । यस बाइक डूअल टोन फ्यूल ट्ंयाकमा ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र पिन स्ट्रिपिङ्ग फ्यूल ट्ंयाकमा रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरुमा उपलब्ध छ ।

कम्पनीका अनुसार एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरै मध्येका केहि विशेषताहरु हुन् । 

नेपाली बजारमा यस बाइकको मूल्य ७,७५,००० तोकिएको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved