महिन्द्राको ट्रियो र यारी खरिद गर्दा ४० हजारसम्म नगद छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2023 | 02:23:57 PM मा प्रकाशित

laxmi  sunrise bank

अग्नि ग्रुपले  इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो र यारी”मा नगद छुट मेला आयोजना गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले महिन्द्रा शोरुमहरुमा “नगद छुट र एक्सचेन्ज” मेलाको घोषणा समेत गरेको हो ।

कम्पनीका अनुसार देशका विभिन्न क्षेत्रका १२ वटा महिन्द्रा विक्री केन्द्रमा एकै साथ  “नगद छुट मेला र अटो सटही योजना” ल्याएको हो । यस योजनामा नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रिया र यारीे” खरिद गरे वापद ४० हजार सम्मको नगद छुट दिने योजना रहेको र यो योजना २०२३को पूरै फेब्रुअरी महिना  भरकाका लागि लागु हुने कम्पनीले जनाएको छ।

 यो योजनाले ग्राहकहरूलाई राहत दिन र नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो” र “यारी” को प्रयोगले उद्यमशीलतालाई समर्थन गर्ने प्रयास रहेको कम्पनीले उल्लेख गरेको छ। यस मेलाबाट पुराना तथा नयाँ ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने  अपेक्षा कम्पनीले राखेको जनाएको छ । 

कम्पनीका अनुसार महिन्द्रा ट्रियो अटो र यारी एडभान्स लिथियम आयन टेक्नोलोजीबाट निर्मित छ भने उत्कृष्ट पर्फमेन्स् क्षमता भएको तथा वर्ग वारेन्टीमा सबैभन्दा राम्रो रहेको । ट्रियो अटोमा तीन वर्ष वा ८०,००० किमी वारेन्टी तथा ट्रियो  यारीमा तीन वर्ष वा ४०,००० किमी वारेन्टी रहेको कम्पनीले जनाएको छ । ट्रियो अटो ३ घण्टा ५० मिनेट चार्ज गर्दा १३० कि.मि गुड्ने र  यारीमा २ घण्टा ३० मिनेट चार्ज गर्दा ८५ कि.मि गुड्ने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved