एमभी दुगड ग्रुपद्वारा गेसिट्स इलेक्ट्रिक स्कुटर सार्वजनिक, अहिलेसम्म कै ठूलो टायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2023 | 10:45:43 AM मा प्रकाशित

laxmi  sunrise bank

एमभी दुगड़ ग्रुप अन्तर्गतको विवेक अटोमोवाइल्स प्रा.लिले इन्डोनेसियन विद्युतीय स्कुटर गेसिट्स सार्वजनिक गरेको छ। ३ वटा रङ्गमा स्कुटर सार्वजनिक भएको हो।

एम. भी. दुगड ग्रुपले विद्युतीय सवारी साधनको क्षेत्र आफ्नो सहभागी जनाउँदै विश्व प्रख्यात इन्डोनेसियन ब्राण्ड गेसिट्स नेपालमा भित्र्याएको हो । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले एक स्कुटर सार्वजनिक गरेका हुन्। कार्यक्रममा ग्रुपका अध्यक्ष मोतीलाल दुगड़, उपाध्यक्ष विवेक दुगड़, डाइरेक्टर विजय महतो र गेसिट्स  ब्राण्डको एम. भी. दुगड़ ग्रुप नेपालका लागि प्रमुख कनक जंमर लगायत उपस्थित थिए ।

कम्पनीका अनुसार  स्कुटर रातो, सेतो र कालो गरी ३ वटा रंगमा उपलब्ध छ ।  नेपालमा उपलब्ध भएको अहिलेसम्मको सबै भन्दा ठूलो टायर भएको विद्युतीय स्कुटर हो । अन्य स्कुटरमा नभएको मोनो शक यस स्कुटरमा रहेको छ । जसले गर्दा ग्राभेल सडक तथा खाल्डा खुल्डी बाटोमा चलाउँदा समेत बढी लचकता हुने भएकोले आनन्दको महशुश हुने कम्पनीले जनाएको छ।

यो नेपालमा उपलब्ध स्कुटर मध्ये सबैभन्दा शक्तिशाली विद्युतीय स्कुटर भएको कम्पनीले दाबी गरेको छ।अन्य स्कुटरमा नभएको ड्राइभ बेल्ट यस विद्युतीय स्कुटरमा रहेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार स्कुटरको ब्याट्री डिट्याचेबल भएकोले चोरी हुनबाट जोगाउन निकालेर सुरक्षित स्थानमा राख्न सकिने साथै चार्ज गर्न सजिलो छ ।  दुईवटा डिस ब्रेक जडान गरिएको छ ।

गेसिट्स  इन्डोनेसियामा इलेक्ट्रिक पावरमा चल्ने पहिलो स्वचालित स्कुटर-प्रकारको मोटरसाइकल हो । गेसिट्स   परियोजना PT Garasindo र ITS बीचको सहकार्य हो । यसमा प्रमुख लगानी  इन्डोनेसियन सरकारको रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved