'यात्री' बाइकको टिमसँग प्रधानमन्त्री कार्यालयमा छलफल, सोमबार सबै निकायसँग बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2023 | 07:51:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा विद्युतीय बाइक उत्पादन गरेको 'यात्री' टिमसँग प्रधानमन्त्री कार्यालयले छलफल गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार आज ‘यात्री’ विद्युतीय सवारी उत्पादन गर्न अग्रसर रहेको युवा टीमसँग प्रधानमन्त्री कार्यालयले छलफल गरेको हो ।

भोली सरोकारवाला सबै निकायको बैठक बोलाइएको छ । भोलीको बैठकमा युवा उद्यमशीलतालाई अझै प्रश्रय गर्न कानुनी तथा अन्य विषयमा थप छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीले आज बिहान मात्र  सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको जनाएका थिए ।

नेपाल मै उत्पादन भएको यात्री बाइकलाई सरकारले नम्बर प्लेट दिन नसक्ने जनाएपछि उत्पादकहरु विदेशिने तयारीमा रहेक छन् । 

यो पनि : नेपालमै बनेका विद्युतीय मोटरसाइकलले नम्बर प्लेट नपाएपछि ‘यात्री’का उत्पादक विदेशिने तयारीमा 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved