एशियाली विकास बैंकले १५ अर्ब ४६ करोड रुपैयाँ सहयोग गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2017 | 09:19:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि  १५ अर्ब ४६ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

साथै बैंकले उक्त रकममध्ये करीब  २१ लाख रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ । ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र बैंकका निमित्त प्रमुख शरद भण्डारीले हस्ताक्षर गरे ।

यसैगरी परियोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गरे ।

उक्त परियोजनाअन्तर्गत काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन निर्माण, बाह्रबिसे, लप्सीफेदी, खिम्ती र चापागाउँ क्षेत्रका ‘सब स्टेसन’को स्तरोन्नति गर्नाका साथै प्रसारण प्रणाली सुदृढ गरिनेछ ।

त्यसैगरी दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोगअन्तर्गत व्यापार सहजीकरणका निम्ति भन्सार सुधार तथा आधुनिकीकरण कार्यक्रम कार्यान्वयन गर्न बैंकले  दुई अर्ब १३ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ ।

ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गरे। उक्त रकम आगामी पाँच वर्षभित्रमा उपयोग गरिसकिने अर्थ मन्त्रालयले जनाएको छ । रासस

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved