एनसीसी बैंकको शाखा सूर्यविनायकमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 23, 2017 | 06:26:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले भक्तपुर नगरपालिकाको सूर्यविनायकमा आफ्नो शाखा संचालनमा ल्याएको छ। उक्त शाखाको बैंक संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उद्घाटन गरे।

उद्घाटन अवसरमा प्रमुख अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष के.पि. अवाल तथा अतिथि भक्तपुर नगरपालिका वडा अध्यक्ष कुमार चौवालले एनसीसी बैंकको शाखा सूर्यविनायकमा संचालन भएकोले यहाँका व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई सहयोग पुग्ने धारणा व्यक्त गरे।

समारोहमा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले सूर्यविनायकमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यापार व्यवसायमा टेवा पु¥याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी गराए।साथै असोज ८ गते आइतबार काठमाडौंको रामहिटी, सिमलटारमा अर्को शाखा संचालन गर्ने कार्यक्रम रहेको समेत बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved