सुदुरपूर्व पुग्यो सगरमाथा फाइनान्स, ३ नयाँ शाखा संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 28, 2017 | 08:18:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा फाइनान्सले ३ नयाँ शाखा संचालनमा ल्याएको छ। ताप्लेजुङ्ग स्थित फुङ्गलिङ्ग, पाँचथरको फिदिम र इलामको इलाम बजारमा गरि ३ नयाँ शाखा संचालनमा ल्याएको फाइनान्सले जनाएको छ।   

११ औ शाखाको रुपमा संचालनमा ल्याइएको ताप्लेजुङ्ग स्थित फुङ्गलिङ्गको शाखा कार्यालयको उद्घाटन फाइनान्सका संचालक माओ यालुङ्ग राई र संस्थाको संस्थापक तथा पूर्व राजदुत डा. नोवल किशोर राईले संयुक्त रुपमा गरे। 

त्यस्तै १२ औ शाखाको रुपमा जेठ १२ गते संचालनमा ल्याइएको पाँचथरको फिदिमको शाखा कार्यालयको उद्घाटन फाइनान्सका संस्थापक तथा पूर्व राजदुत डा. नोवल किशोर राई र पाँचथर उद्योग वाणिज्य संघका उपाध्यक्ष गोविन्द ढकालले संयुक्त रुपमा गरे। 

त्यस्तै संस्थाको तेह्रौं शाखाको रुपमा संचालनमा ल्याइएको इलामको इलाम बजार स्थित शाखाको उद्घाटन स्थाका संस्थापक तथा पूर्व राजदुत डा. नोवल किशोर राई र यस संस्थाका संस्थापक  शरणदेव राईले संयुक्त रुपमा गरे।

यस क्षेत्रमा भएको उपस्थितिले यस क्षेत्र र जिल्लाका जनताहरु थप लाभान्वित हुने विस्वास लिइएको छ । नेपालको सुदुरपूर्वमा रहेको यस जिल्लामा केहि समय अघिबाट मात्र बित्तिय संस्थाले शाखा विस्तार गर्ने क्रम बढ्न थालेको छ । कृषी र जलविद्युतको क्षेत्रमा यस जिल्लाको राम्रो संभावना रहेको छ । 

यस संगै सगरमाथा फाइनान्सको शाखा कार्यालयको संख्या १३ पुगेको छ। ललितपुरको मानभवनमा केन्द्रिय कार्यालय रहेको सगरमाथा फाइनान्सले  ललितपुरको गाःबहाल, झापाको बिर्तामोड र दमक, सुनसरीको इटहरी र धरान, मोरङको विराटनगर, सोलुखुम्वुको सल्लेरी, ओखलढुङ्गाको ओखलढुङ्गा बजार, खोटाङको दिक्तेल, भोजपुरको भोजपुर बजार, ताप्लेजुङ्गको फुङ्गलिङ्ग, पाँचथरको फिदिम बजार र इलाम जिल्लाको इलाम बजारमा शाखा संचालनमा ल्याएको छ ।

साथै आफ्ना ग्राहकहरुलाई अग्रणी वित्तीय सेवा प्रदान गर्न सफल फाइनान्सले नयाँ निक्षेप योजनाबाट निक्षेप बृद्धी, लगानीको लागि नयाँ क्षेत्रहरुको खोजी गर्दै सम्भाब्य देखिएका दुर्गम पहाडी जिल्लाहरुमा र काठमाण्डौ उपत्यकामा समेत क्रमशः शाखा बिस्तार गर्दै जाने सोचाइ राखेको छ । 

स्थापनाको पहिलो वर्षबाट नै निरन्तर मुनाफामा संचालन भइरहेको यस संस्थाले आफ्ना निक्षेपकर्ताहरुलाई आकर्षक व्याजदर र सुविधा प्रदान गर्नुका अतिरिक्त ग्राहकहरुलाई व्यक्तिगत सेवा प्रदान गर्दै आएको छ । संस्थाको तर्फबाट प्रदान गरिने सेवालाई भविष्यमा अझ परिष्कृत र व्यवस्थित गर्दै लगिने फाइनान्सले जनाएको छ।

फाइनान्सले खुत्रुके बचत, समृद्धी बचत, कर्मचारी बचत, स्वर्णीम बचत, शेयरधनी बचत, जेष्ठ नागरिक बचत, नारी बचत, बाल बचत, यूवा बचत, सगरमाथा बचत जस्ता उच्च प्रतिफल प्रदान गर्ने बचत योजनाहरु मार्फत र आकर्षक व्याज सहित ३ महिना देखि २ वर्षसम्मको मूद्दती योजना र १ वर्षे खुत्रुके मूद्दती योजना मार्फत निक्षेप संकलन गर्ने गरेको छ । 

त्यसैगरी सूनचाँदी, साना तथा मझौला उद्यमी, हायरपर्चेज, आवास, शेयर, शैक्षिक, व्यापारिक, विपन्न वर्ग, वैदेशिक रोजगार आदि जस्ता क्षेत्रहरुमा कर्जा प्रवाह गरिरहेको छ । 

यस संस्थाले निशुल्क आस्वा सेवा, एसएमएस बैंकिङ सेवा, मानभवन र वालुवाटारबाट एटिएम सुविधा प्रदान गर्नुको अतिरिक्त हिमाल रेमिट, आइएमई, वेष्टर्न यूनियन मनी ट्रान्सफर, रिलायवल रेमिट, वेष्ट रेमिट, मनिग्राम, प्रभु मनी ट्रान्सफर र नविल रेमिट मार्पmत रेमिटेन्स सेवा समेत प्रदान गर्दै आएको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved