नेष्डो र युनिक नेपालले पनि माने राष्ट्र बैंकको निर्देशन, सीवाईसीका शर्माको अटेरी अझैं कायम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2023 | 08:42:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेष्डो र युनिक नेपालले समृद्द लघुवित्त वित्तीय संस्थाले संचालक समितिमा बहाल रहकै अवस्थामा संस्थाको कार्यकारी प्रमुख बन्न नपाउने निर्देशनको पालना गरेका छन्।  दुवै लघुवित्तका प्रमुख कार्यकारीले संचालक समिति सदस्यबाट राजिनामा दिएर नेपाल राष्ट्र बैंकको निर्देशनको पालना गरेका हुन्। 

नेष्डोमा प्रबन्ध संचालक रहेका विश्व प्रकाश प्रसाई ठकुरीले संचालक समिति सदस्य पदबाट राजिनामा दिएर प्रमुख कार्यकारी अधिकृतमा मात्र रहने निर्णय गरेका हुन्। यसअघि प्रबन्ध संचालक रहेका ठकुरीले संचालक समिति सदस्य रहँदै प्रबन्ध संचालकको पदमा बसेका थिए। यसमा पनि राष्ट्र बैंकले प्रश्न गरेपछि ठकुरीले संचालक समिति सदस्यबाट समेत राजिनामा दिएर प्रमुख कार्यकारी पद रोजेका हुन्। 

त्यस्तै युनिक नेपालका एकजुएटिभ डाइरेक्टर डा गोपाल दहितलेले पनि संचालक समितिबाट राजिनामा दिएका छन्। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नै आफुले संचालक समिति सदस्यबाट राजिनामा दिएर व्यवस्थापन तर्फको प्रमुख कार्यकारी पदमा रहेको दहितले बिजपाटीलाई बताएका छन्। 

त्यस्तै कालिका लघुवित्तमा संचालक समिति सदस्य रहेर प्रबन्ध संचालक पदमा रहेका केशब नारायण प्रधानले प्रबन्ध संचालक छाडेर संचालकमा मात्रै बस्ने निर्णय लिएका छन्। 

संचालक समितिमा बसेर संस्थाको प्रमुख कार्यकारी हुँदा संस्थाको शुसासन र अनुशासनको धज्जी उडेको पाएपछि राष्ट्र बैंकले प्रबन्ध संचालक पद खारेज गर्नलाई नेष्डो, युनिक नेपाल, कालिका, सीवाईसी नेपाल लगायतका लघुवित्तलाई निर्देशन दिएको थियो। सोहिअनुसार  कालिका, युनिक नेपाल र नेष्डो समृद्दका प्रमुख कार्यकारीले संचालक समिति सदस्यबाट राजिनामा दिएका हुन्। 

प्रबन्ध संचालक रहने गरि कुनै पनि पद सृजना नगर्न र संचालक नै प्रमुख कार्यकारी नबन्नलाई राष्ट्र बैकले दिएको निर्देशन नमान्नेमा अब सीवाईसी नेपाल लघुवित्तका प्रबन्ध संचालक डोलेन्द्र प्रसाद शर्मा मात्रै बाँकी रहेका छन्।  सीवाईसीका शर्मा प्रबन्ध संचालक र संचालक समिति गरि दुवै ठाउँमा रहेका छन्। 

एकै व्यक्ति संचालक समिति र संस्थाको कार्यकारी भूमिकामा हुँदा सँस्थामा धेरै हस्तक्षेप हुने र सुशासन मर्ने निष्कर्ष सहित राष्ट्र बैंकले यस्तो संरचनालाई खारेज गरेको थियो। जस कारण बैंक, विकास बैंक र फाइनान्समा यो व्यवस्था पूर्ण रुपमा कार्यन्वयन भएको थियो। तर पछिल्लो समय यो रोग लघुवित्तमा देखिएपछि राष्ट्र बैंकले लघुवित्तमा पनि एकै व्यक्ति संचालक र प्रमुख कार्यकारी बन्न नपाउनेगरि निर्देशन दिएको हो। 

तर नेपाल राष्ट्र बैंकको निर्देशन बैक वित्तीय सँस्था सम्बन्धि ऐन 'बाफिया' विपरित भएकाले उक्त निर्देशनको पालना नगर्ने अडान लिँदै सीवाईसी नेपालका शर्मा अहिले पनि संचालक र प्रमुख कार्यकारी गरि दोहोरो पद ओगटेर बसेका हुन्। 

राष्ट्र बैंकको निर्देशनको पालना नहुँदा पनि उनीमाथि कुनै पनि किसिमको कारबाही हुन सकेको छैन। जसले गर्दा राष्ट्र बैंकको निर्देशन पालना गर्ने लघुवित्तहरुले राष्ट्र बैंकमाथि पक्षपातीको आरोप लगाएका छन्। 

यो पनि

५ महिनादेखि सीवाईसी लघुवित्तको अध्यक्ष र प्रबन्ध सञ्चालक गैरकानुनी, किन लाचार राष्ट्र बैंक ?

सिवाईसी नेपाल लघुवित्तमा राजा-महाराजा मोह, राष्ट्र बैंक नै चकित

कानुन मिचेको सीवाईसीसँग निरीह राष्ट्र बैंक, गभर्नरको छविमाथि प्रहार

- राष्ट्र बैंकका कारण विवादमा तानिए तीन लघुवित्त, संचालक समितिको वैधानिकतामा प्रश्न

सच्याईएको: युनिक नेपाल लघुवित्तका डा गोपाल दहितले व्यस्थापनतर्फको उच्च पद अर्थात् प्रमुख कार्यकारी अधिकृतको ठाउँमा एक्जुएटिभ डाइरेक्टर लेखिएकाले उनी डाइरेक्टर नै रहेको बुझिएको थियो। तर दहितले आफू सञ्चालक समितिमा नरहेको स्पष्ट पारेपछि यसअघि प्रकाशित समाचारमा उनीसँग जोडिएको विषय सच्याइएको छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved