सिवाईसी नेपाल लघुवित्तमा राजा-महाराजा मोह, राष्ट्र बैंक नै चकित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2023 | 07:57:21 PM मा प्रकाशित

laxmi  sunrise bank

शासकहरुले आम जनतामा आफ्नो दबदबा कायम राख्न आफ्नो नाममा संघ सँस्था तथा पूर्वाधार निर्माण गर्ने चलन पुरानै हो। अन्तराष्ट्रिय समाजमा प्रचलनमा रहेको यो चलनले नेपालका राजा महाराजा मात्र नभई जनताबाट निर्वाचित शाशकहरुले पनि अपनाएको इतिहास आज पनि जिवितै छन्। 

विमानस्थल होस् या विश्वविद्यालयको नाम आफ्नो नाम झल्किने गरि राख्ने राजा महाराजा तथा शासकको यो शासकीय अभ्यासलाई जननिर्वाचित नेताहरुले पनि अपनाईरहेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संवैधानिक अभ्यासलाई अंगालेको नेपालमा पछिल्लो समयका शासकहरुमा समेत यी विषयले कम स्थान पाउँदै आएका छन्। 

तर नेपाल राष्ट्र बैंकबाट संचालन अनुमति पाएको, त्यो पनि गरिव जनता समक्ष वित्तीय पहुँच पुर्याउने उदेश्यले संचालनमा आएको लघुवित्तमा यस्तो महाराजा मोह देखिँदा भने नेपाल राष्ट्र बैंकका अधिकारी पनि चकित भएका छन्। 

अध्यक्षले अनिवार्य रुपमा शपथ खाएर मात्र आफ्नो जिम्मेवारी संचालन गर्नुपर्ने कानुनी व्यवस्थालाई कुल्चिएर पछिल्लो केहि महिनादेखि 'गैर कानुनी' रुपमा संचालनमा रहेको सीवाईसी नेपाल लघुवित्तमा भएको यस घटनालाई लिएर नियामक नै तीनछक परेको पाइएको छ। 

बैंक वित्तीय संस्थाले शाखा खोल्दा उक्त ठाउँको नाममा शाखा राख्ने अभ्यास रहँदै आएपनि सीवाईसी नेपाल लघुवित्तले भने राष्ट्र बैंकको निर्देशन विपरित प्रबन्ध संचालकको  पदमा रहेका डोलिन्द्र प्रसाद शर्माको नाम झल्किने गरि डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर ६ मा  'डोलिन्द्र शाखा' खोलेको हो। 

शाखाको नाम र प्रबन्ध संचालकको नेपालीमा नाम उस्तै देखिनु संयोग भएपनि अंग्रेजीमा समेत स्पेलिङ्ग मिल्नुले प्रबन्ध संचालकको नाम राखेर नै शाखा खोलिएको राष्ट्र बैंकका एक अधिकारीले बताए। 

'यसरी शाखाको नाम आफ्नै नाम राख्नु कानुनी र गैर कानुनी भन्दा पनि व्यक्तिको सोच देखिएको छ, लघुवित्तका हुन् या बैंकका हुन्, त्यहाँका अध्यक्ष तथा प्रमुख कार्यकारीले आफुलाई महाराजा सम्झिनु अहिलेको शासन प्रणालीमा दण्डनीय हुनुपर्छ' राष्ट्र बैंकका ती अधिकारीले भने।

यो पनि :  

कानुन मिचेको सीवाईसीसँग निरीह राष्ट्र बैंक, गभर्नरको छविमाथि प्रहार

राष्ट्र बैंकका कारण विवादमा तानिए तीन लघुवित्त, संचालक समितिको वैधानिकतामा प्रश्न 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved