ज्योति बिकास बैंकद्वारा मानब सेवा आश्रमलाई आर्थिक सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 25, 2017 | 09:47:18 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योती बिकास बैंकले आफ्नो स्थापनाको ९ बर्ष पुरा गरि १० बर्ष मा प्रवेश गरेको अवसरमा मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानब सेवा आश्रमलाई लुगा धुने मेसिन प्रयोजनका लागि  २ लाख ५० हजार सहयोग उपलब्ध गराएको हो।

गरिब असहाय ब्यक्तिको हेरचाह, पालनपोषण, औषधोपचारका लागि कार्यरत संस्था मानव सेवा आश्रमलाई वार्षिकोत्सव कार्यक्रममा सोमबार उक्त रकम उपलब्ध गराएको हो। 

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महोत्तरी बर्दिबास नजिकमा रहेको मुसहर बस्ती विकासका लागि धुर्मुस सुन्तली फाउन्डेशन मार्फत निर्मित एकीकृत मुसहर बस्ती विकास कार्यका लागि आर्थिक सहयोग प्रदान गरेको छ। साथै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा सदाझै यस वर्ष पनि बैंकको प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।      

ज्योति बिकास बैंकले गत आर्थिक बर्ष २४ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकले २०७४ असार मसान्तसम्ममा करिब १ लाख निक्षेपकर्ता ग्राहकबाट १० अर्ब ५१ करोंड निक्षेप संकलन गरेको छ भने करिब ८ हजार ऋणीहरुलाई ९ अर्ब १३ करोड कर्जा लगानी गरेको छ। त्यस्तै बैंकले ३९ करोड ३ लाख रुपैयाँ कुल मुनाफा गर्न सफल भएको छ। गत आर्थिक बर्षमा बैंकको निष्कृय कर्जा १ दशमलब ०२ प्रतिशत रहेको छ। चालु आर्थिक बर्षमा बैकले १५ अर्ब निक्षेप संकलन गरी १४ अर्ब कर्जा लगानीको लक्ष्य लिएको छ।

ज्योति बिकास बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने लक्ष्य अन्तर्गत झिमरुक विकास बैंकसंगको मर्जर पश्चात १ बराबर १ अर्थात शतप्रतिशतका दरले हकप्रद बिक्री गरेको छ। त्यस्तै राप्तीभेरीलाई प्राप्ति गर्ने प्रक्रिया अन्तर्गत नियमन निकायबाट अनुमति पाई प्राप्तिको अन्तिम चरणमा रहेको छ। बैंकले गत आर्थिक बर्षको बितरणयोग्य मुनाफाबाट बोनस सेयर बितरण गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने भएको छ। 

२०६५ साउन ९ मा स्थापना भई सेवा संचालन गरेको बैंकले भर्खरै मात्र झिमरुक विकास बैंकसंगको सफल मर्जर पश्चात २०७३ साउन २८ देखि ज्योति विकास बैंकको नाममा एकीकृत कारोबार गरेको छ। एकीकृत कारोबार पश्चात बैंकको प्युठानमा मात्र ५ वटा शाखा थपिएका छन। बैंकले  देवघाट र प्युठानको स्वर्गद्वारी प्रवेश गर्ने फेंदी भिंगुमा समेत गरी १४ वटा एटिएम संचालनमा ल्याएको छ। यस आर्थिक बर्ष ८ वटा एटिएम थप गर्ने बैंकको योजना रहेको छ। 

राप्ति भेरी विकास बैंकलाई प्राप्ति गर्ने अन्तिम चरणमा रहेकाले प्राप्ति पश्चात बैंकको ५ वटा शाखा थप हुनेछ। बैंकले यस आर्थिक बर्षभित्र ५० वटा शाखाहरु पुर्याउने लक्ष्य लिएको छ। 

सेवा 

हाल बैंकले आफ्ना ग्राहकहरुलाई सम्पूर्ण आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले एबीबीएस सेवा तथा एटिएम कार्ड मार्फत नेपाल तथा भारतमा बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ। हाल एससिटि डेबिट कार्ड उपलब्ध गराई आएकोमा बैंकले असोज महिनाबाट भिजा कार्डबाट कारोबार गर्न सकिने गरि काम अगाडी बढाएको छ। 

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न स्किम सहितको बचत खाताको सुविधा दिदै आएको छ। त्यस्तै बैंकले कर्जा सेवा अन्तर्गत लघु, साना तथा मझौला कर्जा लगायतका विभिन्न कर्जा सेवा दिदै आएको छ। 

बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति अनुरुप लघुवित्त तथा कृषि लगानीलाई विस्तार गर्न सघाउ पुग्ने गरी ज्योति लघुवित्त सेवा तथा कृषि लगानीलाइ विस्तार गर्ने तयारी गरेको जानकारी दिएको छ।     


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved