मञ्जुश्री फाइनान्सले दिने भयो मुद्दती निक्षेपको ब्याज १४ प्रतिशत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 26, 2017 | 01:42:17 PM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाइनान्सले मुद्दती निक्षेपमा १४ प्रतिशत ब्याजदर दिने गरी 'स्पेशल डिपोजिट अफर' ल्याएको छ। बजारमा रहेको सिमित तरलतालाई तान्न बाणिज्य बैंकहरुले नै मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याजदर कायम गरेपछि बिकास बैंक र फाइनान्सलाई ब्याजदर बढाउँन दबाब परेको हो।

बैंकहरुबीच मुद्दती निक्षेपमा ब्याजदर बढाउने प्रतिस्पर्धाले फाइनान्सहरुले समेत पछिल्लो पटक ब्याजदर बढाउदै लगेका छन। मुद्दती निक्षेपमा ब्याजदर बढाउने प्रतिस्पर्धालाई पछ्याउदै मञ्जुश्री फाइनान्सले ६ महिना देखि १३ महिनासम्मको लागि १४ प्रतिशत ब्याजदर अफर गरेको हो। 

मञ्जुश्री फाइनान्सका अनुसार ६ महिना माथिसम्मको अवधीका लागि मुद्दती निक्षेपमा १३ प्रतिशत, १३ महिना भन्दा बढी अवधिका लागि ११ प्रतिशत ब्याजदर कायम गरिएको छ।

स्थानीय तहको निर्वाचन पश्चात बैंकिङ प्रणालीमा पैसा आउने र त्यसले तरलतामा केहि सहज ल्याउने अपेक्षा गरीएपनि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तान्न नयाँ नयाँ स्किम ल्याउने क्रम जारी नै छ। अर्को तर्फ सरकारले तिब्ररुपमा पुंजीगत खर्च गर्दा साउन पछी तरलता अभाब केहि कम हुने बताइएपनि बैंक तथा वित्तीय संस्थाहरुले आत्मविश्वास बढ्न सकेको छैन। तरलता सहज हुने नहुने अन्यौल रहेकाले नै तत्काल ब्याजदर घटाउन बैंक तथा वित्तीय संस्थाहरुले हिम्मत गर्न नसकेको बताइएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved