बैंकमा एक लाख भन्दा बढी रकम जम्मा गर्न अनिवार्य परिचय :राष्ट्र बैंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 21, 2017 | 06:16:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंकमा रकम जम्मा गर्दा अनिवार्य परिचयपत्रको व्यवस्थामा संसोधन गरेको छ। राष्ट्र बैंकले यस अघिको निर्देशनलाई संसोधन गर्दै  अब एक लाख भन्दा बढी नगद जम्मा गर्ने 'खातावाल बाहेक' का लागि मात्र परिचय पत्र अनिवार्य गरेको छ। 

बैंकले मंगलबार जारी गरेको एकीकृत निर्देशन-७४ मा भएको व्यवस्थालाई संसोधन गर्दै भदौ ४ मा नयाँ सर्कुलेशन मार्फत यस्तो जानकारी गराएको हो। राष्ट्र बैंकको संसोधित व्यवस्था अनुसार अब सर्वसाधारण ग्राहकले (खातावाल बाहेक) १ लाख भन्दा बढी नगद जम्मा गर्दा मात्र परिचय खुल्ने कागजात पेश गर्नु पर्नेछ।

राष्ट्र बैंकले ल्याएको यस अघिको व्यवस्था अनुसार १ रुपैयाँ बैंकमा जम्मा गर्दा पनि परिचय खुल्ने कागजात पेश गर्नुपर्ने थियो। यस प्रकारको 'कच्चा' नियमका कारण राष्ट्र बैंकको निकै आलोचना भएको थियो। चौतर्फी आलोचना पछी मात्र राष्ट्र बैंकले आफ्नो 'गल्ति' महसुस गर्दै यस अघिको व्यवस्थालाइ संसोधन गरेको हो।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved