एनआईसी एसिया बन्यो साधारणसभा बोलाउने पहिलो बैंक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 25, 2017 | 10:19:35 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक बर्षको कमाईबाट लाभांश घोषणा गर्नेमा पहिलो बनेको एनआईसी एसिया बैंक साधारण सभा डाक्नेमा समेत पहिलो बनेको छ। भदौ ३० लागि २० औ बार्षिक साधारणसभाको आब्हान गरेको एनआइसी एसिया सेयरधनीलाई लाभांश खूवाउनेमा समेत पहिलो बैंक बन्ने भएको छ।

भदौ ३० गते बिहान ९ बजे कार्की ब्याङक्वेट, बबरमहल, काठमाण्डौमा डाकिएको उक्त साधारणसभामा अन्य प्रस्ताबका साथमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलब ०५ प्रतिशत नगद लाभांस गरी जम्मा २१ दशमलब ०५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव निर्णयार्थ पेस गरिने छ। 

बोनस र साधारणसभा प्रयोजनको लागि बैंकले भदौ १६ गतेदेखि भदौ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ भदौ १५ गतेसम्म कायम शेयरधनीले मात्र बोनस पाउने छन र साधारणसभामा समेत भाग लिन पाउने छन् । 

एनआईसी एसियाको २० प्रतिशत बोनस र साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय

गत आर्थिक बर्षमा समग्र बाणिज्य बैंकको निक्षेप र कर्जा बृद्धि क्रमशः १० प्रतिशत र २० प्रतिशत रहेको छ। जसमा एनआईसी एसियाले निक्षेपतर्फ २५ र कर्जातर्फ २२ प्रतिशतको बृद्धि हासिल गरी उच्चस्तरको र उत्साहपूर्ण परिणाम हासिल गरेको छ । 

त्यसैगरी समग्र वाणिज्य बैंकहरुको गत बर्षको कुल निक्षेपमा यस बैंकको ३.७९ प्रतिशतको बजार हिस्सालाई सुधार गर्दै यस बर्ष ४.१५ प्रतिशतको बजार हिस्सा ओगट्न बैंक सफल भएको छ । साथै, गत आर्थिक बर्षको समग्र वाणिज्य बैंकहरुको कुल निक्षेप बृद्धिमा बैंकले ६.७ प्रतिशत हिस्सा ओगट्न समेत बैंक सफल भएको छ । 

बैंकले आफ्ना सेवाग्राहीको हितलाई मध्यनजर गर्दै कर्जा तथा बचत योजनाहरु सञ्चालन गरिरहेको छ । बैंकले आफ्ना बचतकर्ताहरुलाई बचत खातामा ९ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ जुन नेपाली बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट र आकर्षक ब्याजदर मानिन्छ। यसैगरी बैंकले हालै मात्र सेयर धितो कर्जा प्रवाहलाई समेत निरन्तरता दिने निर्णय गरेको छ । 

बैंकले शाखा विस्तारको रफ्तारलाई गत बर्ष पनि निरन्तरता दिएको छ । फलस्वरुप गत बर्ष नेपालको बैंकिङ्ग इतिहास मै सबैभन्दा बढि अर्थात् ५३ वटा शाखा बैंकले थप गरेको छ । तिब्र शाखा विस्तार सँगै हाल १२१ शाखा तथा ४ विस्तारित काउन्टर मार्फत् बैंकले बिभिन्न बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ । 

त्यस्तै सिटिजन बैंकले भदौ १६ गते सेयरधनी किताब बन्द गर्ने मिति घोषणा गरेपनि बार्षिक साधारणसभाको मिति भने तोकेको छैन। सिटिजन बैंकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर दिने घोषण गर्दै लाभांश घोषणा गर्ने दोस्रो बाणिज्य बैंक बनेको हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved