नेपालमा एक खर्बको पूर्वाधार बिकास बैंक खोल्न चीन तयार, सरकारलाई २० अर्ब बोनसको प्रस्ताब

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 30, 2017 | 02:46:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा एक खर्ब चुक्ता पुंजी राखेर पूर्वाधार बिकास बैंक खोल्न चीनले प्रस्ताब पठाएको छ। अघिल्लो सातामात्रै नेपाल राष्ट्र बैंकले २० अर्ब चुक्ता पुंजीको पूर्वाधार बिकास बैंक खोल्न लाइसेन्स खुला गरेको हो। 

२० अर्ब चुक्ता पुंजी तोकेर पूर्वाधार बिकास बैंक खोल्न राष्ट्र बैंकले लाइसेन्स खुला गरेकोमा चीनले भने १ खर्ब चुक्ता पुंजीको पूर्वाधार बिकास बैंक खोल्ने प्रस्ताब नेपाल सरकारलाई पठाएको हो। 

अर्थमन्त्रालयले नेपालमा पूर्वाधार बिकास बैंक खोल्न आवश्यक प्राबधान र प्रक्रियाबारे राष्ट्र बैंकसंग राय माग गरेको छ। अर्थमन्त्रालय मार्फत आएको उक्त प्रस्ताब बारे राय तयार गरि अर्थमन्त्रालय पठाउने अन्तिम तयारी गरेको छ। राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार पूर्वाधार विकास बैंकमा एक खर्बसम्म लगानी गर्न चिनीया अधिकारी ईच्छुक देखिएका छन।

चीनले १ खर्ब चुक्ता पुंजी भएको बैंक खोल्दा नेपाल सरकारलाई २० अर्बको बोनस सेयर दिन समेत तयार रहेको प्रस्ताब गरेको बताइएको छ। साथै चीनले नेपालमा कानुनि व्यवस्था नभएको गोल्ड क्वाइन जारी गर्ने प्रस्ताब समेत गरेको छ। नेपालमा स्थापना हुने चीनको पूर्वाधार विकास बैंक मार्फत चीनले गोल्ड क्वाइनदेखि फाइनान्सियल डेरिभेटिभ्स जारि गर्नेसम्मको प्रस्ताब पठाएको छ। 

नेपालमा चीनको लगानी बढ्दो क्रममा रहेको र बैंकिङ कारोबार समेत आफ्नै बैक मार्फत गर्ने उदेश्यले चीनले नेपालमा पूर्वाधार विकास बैंक खोल्न प्रस्ताब पठाएको बुझिएको छ। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणको बेलामा भएको नेपाल राष्ट्र बैंक र त्यहाँको केन्द्रीय बैंकबीच 'सुपरिवेक्षकीय सुचना आदनप्रदान गर्ने सम्झौता' ले चीनलाई पूर्वाधार बिकास बैंक खोल्ने बाटो खुला गरेको हो। 

हाल नेपालको केहि ठुला परियोजनामा लगानी गरिरहेको चीनले पछिल्लो समय दक्षिण एसियामा समेत आफ्नो प्रभाब कायम राख्न आक्रामक रुपमा लगानी बिस्तार गरिरहेको छ। चिनियाँ लगानीमा नेपालमा संचालन भईरहेका ठुला आयोजनामा सिन्वा हाइड्रो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिशुली–३ ए, राजधानीको बाहिरी चत्रपथ, सुख्खा बन्दरगा, होंग्सी सिमेन्ट लगायत रहेका छन। 

त्यस्तै चीनले पछिल्लो समय नेपालमा बस्तु, सेवा तथा सूचना र प्रविधिमा समेत लगानी बढाउंदै लगेको छ। नेपालमा पूर्वाधार विकास बैंक खोल्ने चीनको प्रस्ताब कार्यन्वयनमा आएको अवस्थामा सम्भवत: यो नै नेपालमा चीनको वित्तीय क्षेत्रको ठुलो लगानी साबित हुनेछ। 

पूर्वाधार विकास बैंक खोल्ने बाटो खुल्यो, चुक्ता पूँजी २० अर्ब चाहिने

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved