राजधानीमा सेवा विस्तार गर्दै गरिमा विकास बैंक, न्युरोड शाखा संचालनमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2017 | 03:21:38 PM मा प्रकाशित

laxmi  sunrise bank

रिमा विकास बैंकले काठमाडौंमा शाखा बिस्तार गर्ने क्रममा न्युरोडमा नयाँ शाखा संचालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे। 

४८ औं शाखा कार्यालयको रुपमा संचालनमा आएको न्युरोड शाखाबाट ग्राहकहरुले बैंकिङ सुविधासहित एटिएम र लकर सुविधा समेत प्राप्त गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

आफ्नो केन्द्रिय कार्यलय पोखराबाट काठमाडौं हानगरपालिका वडा नं. २, लाजिम्पाटमामा स्थानान्तरण गरेको गरिमा विकास बैंकले पछिल्लो पटक राजधानीमा तिब्र रुपमा शाखा बिस्तार गरिरहेको छ। 


बैंकले कारोबार वृद्धि गर्न शाखा बिस्तार गर्ने क्रममा केही दिनभित्रमा नै रुपन्देहीको मणिग्राम शाखा कार्यालय संचालनमा ल्याउने तयारि गरेको बैंकका सीईओ ढकालले जानकारी दिएका छन। 'चालू आर्थिक वर्षभित्रमा गरिमा विकास बैंकले प्रदेश नं. १ मा कम्तीमा १० शाखा कार्यालय सहित देशभर १५ वटा थप शाखा कार्यालय स्थापना गर्ने लक्ष्य लिएको छ' उनले भने। 

साविकको निलगिरी विकास बैंक र शुभेच्छा विकास बैंक लिमिटेडलाई गाभेर राष्ट्रिय स्तरको बलियो बिकास बैंकमा दहरिएको गरिमाले हाल  सराजधानीमा ६ वटा सहित देशभर ४८ वटा शाखा कार्यालय र १२ वटा एटिएम मार्फत सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  बैंकले असोज २२ गतेसम्ममा १५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved