नयाँ गभर्नरको भनाईमा बैंकर भट्टराईको असहमति, कोरोनाबाट उद्योग व्यवसाय बचाउन दिए ७ बुँदे सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2020 | 12:33:59 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व बैंकर तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले नवनियुक्त गभर्नरको ब्याज मिनाहा गर्न नसकिने अभिव्यक्ति प्रति असहमति जनाएका छन्। भट्टराइले कोरोनाबाट देशको अर्थतन्त्र बचाउन अन्य देशका सरकारले राज्यकोषबाट नागरिक र उद्योगि ब्यवसायीलाई नगद राहत र छुट दिईरहेका बेला नवनियुक्त गभर्नरको भनाईमा असहमति जनाएका हुन्। 

उनले असहमति जनाउदै निजि क्षेत्र तथा उद्योग व्यवसायीलाई प्रोत्साहन गर्न र अर्थतन्त्र उकास्नका लागि गभर्नरले गर्नुपर्ने कामको लागि सुझाब समेत दिएका छन्। आफुले पनि बैंक तथा वित्तको क्षेत्रमा १५ बर्ष भन्दा बढी समय काम गरेको बताउदै नवनियुक्त गभर्नरलाई उद्योग ब्यवसायको हितको लागि  बिभिन्न ७ सुझाब दिएका छन्। 

भट्टराइले दिएका ७ सुझाब

१.उद्योगी ब्यबसाईलाई चैत्रको बैकं ऋृणको सावा ब्याज किस्ता आसाढ मसान्तमा तिर्ने ब्यवस्था राहत नभै डुबाउने खेल हो। लकडाउनको चेन असर आषाढ पछि सम्म जान्छ। कारोबार नियमित र राम्रो हुदैन।क्यास फ्लो नभएको अवस्थामा ३ महिनाको तिर्न नसक्नेले ६ महिनाको कसरी सक्छ ?

२. उद्योग ब्यवसाय चलेमा बैकं नि चल्ने र सरकारले नि कर पाउने तथा रोजगारि बृद्धि लगायत समग्र अर्थतन्त्र चलायमा हुन्छ।तेसैले उद्योग ब्यवसायको संरक्षण र बिकास नै प्रमुख कुरा रहेक‍ो बुझ्नु जरुरि छ।

३.बैकंहरु नाफा कमाउने संस्था हुन।सधै कमाएका पनि छन।तर अहिले बाच्ने र बचाउने बेला हो।बाचे भने फेरि कमाउन पाईन्छ।तेसैले बैकंका ऋणिहरु९अौषधि ग्रौसरि जस्ता बाहेकलाई ३ महिनाको ब्याज आषाढक‍‍ो दबबिलअभकजभभत नेगेटिभ नहुने गरि पुर्णतः मिन्हा गर्नु पर्छ।नेगेटिभ हुनेको हकमा बैलेन्सिट पोजेटिभ बनाउने जति रकम सरकारले बैकंलाई राज्यकोषबाट सब्सिडि दिनु पर्छ।

४.महामारिमा एक बर्ष लाभान्स नपाउदा कुनै शेयरधनिले बिरोध गर्दैनन।मेरो नि बैकं बिमामा शेयर छ,मलाई कुनै आपत्ति छैन।उद्योग ब्यवसाय चलेमा तथा बैकं र हामी रहेमा न नाफा खाने कुरा आउछ।

५.सरकारले पनि नाफाखोरि सोच हटाई बैकंहरुलाई ३०५ को सट्टा २०५ र उद्योग ब्यवसायआई २५५ को सट्टा १५५ कर मात्र लिने घोषणा गरि महासंकटको बेला उदार मन देखाई राहत दिनु पर्छ।

६.उद्योग ब्यवसायले खपत गर्ने बिध्युतमा बिध्युत प्राधिकरणको बासलात नेगेटिभ नहुने गरि सके जति छुट दिनु पर्छ।कर्मचारिको रोजगारि बचाउन पारिश्रमिक करमा छुट दिएर तेति रकम तलबमा घटाउन पाउने गरि उद्योगकलाई खर्च कम गर्न सहयोग गर्नु पर्छ।

७.नागरिक रहेमा उद्योग ब्यवसाय चल्ने ह‍ो, उद्योग ब्यवसाय रहेमा बैकं चल्ने ह‍ो र बैकं चलेमा अर्थतन्त्र राम्रो भई देश रहने हो।यो कुरा बुझि उदारता देखाउ।आफु नि बाचौ ,अरु सबैलाई नि बचाउँ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved