अशोक लेलेण्डको सवारी किन्दा सनराइजले कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 10:04:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले अशोक लेलेण्डको सावारी खरिद गर्दा कर्जा दिने भएको छ । बैंक र आईएमई मोटर्सबीच मंगलबार कर्जा उपलब्ध गर्ने सम्बन्धमा सम्झौता भएको हो । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ग्राहकहरुले उक्त ब्राण्डका सवारी साधन खरिद गर्दा खरिद मूल्यको ६० प्रतिशतसम्म कर्जा बैंकले प्रदान गर्ने छ । सो कर्जा मासिक किस्ताको आधारमा ७ वर्षअवधिमा भुक्तानी गरिसक्नुु पर्ने बैंकले जनाएको छ । बैंकमा निवेदन दिएको ३ कार्यदिन भित्र कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । 

आई एम ई मोटर्स नेपालका लागि अशोक लेलेण्डको आधिकारीक बिक्रेता हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved