
सनराइज बैंक Sunrise Bank Limited ले एकसात तीनवटा शाखा विस्तार गरेको छ । बैंकले भक्तपुरको सूर्यविनायक, पोखराको अमरसिंह चोक र बुटवलको योगीकुटीमा एक एक वटा शाखा थपेको हो ।
यससंगै बैंकको कुल शाखा संख्या १३९ वटा पुगेको छ । त्यस्तै, बैंकको हाल ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम रहेका छन् ।