सहुलियत कर्जाः कुन शीर्षकमा कतिले पाए ऋण ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 05:50:46 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले प्रदान गर्ने सहुलियत कर्जामा कृषि तथा पशुपंक्षी व्यवसाय शीर्षकमा बढी कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकले पछिल्लो तथ्याङ्कमा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा बढेको देखिएको हो । 

यो शीर्षकमा ४२ हजार ४ सय ४७ ऋणीले ९६ अर्ब ६० करोड रुपैयाँ कर्जा लिएका छन् । 

साथै महिला उद्यमशील कर्जा अन्तर्गत ४५ हजार १ सय २८ महिला उद्यमीले ४२ अर्ब १६ करोड रुपैयाँ ऋण लिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनःकर्जा २०७७ चैत मसान्तमा ४८ हजार ८ सय ६० ऋणीले १२३ अर्ब १४ करोड लिएका छन् । २०७७ चैत मसान्तसम्ममा ८९ हजार ८ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १४२ अर्ब २ करोड कर्जा बक्यौता रहेको छ । 

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३ सय ४ ऋणीको र३ अर्ब २६ करोड कर्जा बक्यौता रहेको छ । 

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७७ चैत मसान्त सम्ममा ४२ करोड प्रवाह भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved