अब आवश्यकता अनुसार बैंकले जति पनि शाखा खोल्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2021 | 02:24:53 PM मा प्रकाशित

laxmi  sunrise bank
नेपाल राष्ट्र बैंकले कोभिड १९ को संक्रमण जोखिम न्यूनीकरण गर्दै उच्च स्वास्थ्य सतर्कताका साथ बैंक तथा वित्तीय संस्थाको सेवा दिन निर्देशन दिएको छ । 
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिदै राष्ट्र बैंकले स्वास्थ्य सतर्कता अपनाउदै सेवा दिन भनेको हो । 

नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहामा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सम्पूर्ण उपायहरु अबलम्बन गर्न बैंकले निर्देशन दिएको छ । 

बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यवसायिक निरन्तरतालाई उच्च प्राथमिकता राखी कार्यलय उपस्थित नभई सम्पादन गर्न असम्भव हुने कामको लागि मात्र कार्यलयमा उपस्थित गराई सेवा प्रदान गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।  त्यस्तै सकेसम्म घर बाट नै आफ्नो सेवा प्रदानमा जोड दिन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । 

ग्राहकको चापलाई ध्यानमा दिएर शाखाहरु सञ्चालन गर्न, बैकल्पिक शाखा कार्यलय बाट आलोपालो गरी सञ्चालन गर्न र बन्द हुने शाखा कार्यलयको ढोकामा शाखाको जानकारी सहितको सूचना दैनिक प्रकाशन गर्नु पर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सके सम्म सेवग्राहिलाई विद्युतीय माध्यमबाट सेवा प्रदान गर्नेमा जोड दिनु पर्ने बैंकले जनाएको छ । यस्तै विभिन्न निकायबाट जारी भएका निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसगँको समन्वय शाखा सञ्चालन गरी बैंकिंग सेवा प्रदान गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । 

२०७८ बैशाख १९ बाट जेठ १० सम्म जारी गरिएको सूचना खारेज गरिएको बैंकले जनाएको छ । यस अगाडीक  निर्देशन खारेज भएसंगै राष्ट्र बैंकले बैंकको शाखा खोल्न तोकेको कोटा पनि खारेज भएको छ । अब ग्राहकको चाप अनुसार शाखा खोल्ने बाटो खुलेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved