सिद्धार्थ बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2022 | 06:16:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले २०७८ चैत्र ०९ गते बुधवार प्रदेश १ विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको उद्घाटन गरेको छ । 

उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले गरेका हुन् । 

यसअघि विराटनगरस्थित वडा नं ७ मेनरोडबाट सेवा प्रदान गर्दै आइरहेको विराटनगर शाखालाई समेत उक्त भवनमा स्थानान्तरण गरिएको छ । 

बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २०८ वटा एटिएम्, ११४ शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved