सेञ्चुरी बैंकका ग्राहकले मोको वालेटमा पैसा लोड गरी क्यूआर मार्फत भूक्तानी गर्न सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2022 | 05:58:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यूआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ । 

यस सम्झौता पश्चात सेञ्चुरी कमर्सियल बैंकका डेबिट कार्ड लगायत क्रेडिट कार्डवाहकहरुले सम्बन्धित कार्डको र्शत बन्देज तथा सुविधाको अधिनमा रहि क्यूआर स्क्यान्मार्फत भुक्तानी गर्न सक्ने भएका छन् । 

क्रेडिट कार्डवाहकहरुले समेत क्यूआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात हुने विश्वास बैंकको छ ।

उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रवद्र्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन् ।

सेञ्चुरी कमर्सियल बैंकले हाल १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved