आज मौद्रिक नीति नआउने, शुक्रबारको लागि तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2022 | 10:33:57 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति आगामी शुक्रबारसम्म सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले आज सोमबार मौद्रिक नीति सार्वजनिक गर्ने चर्चा चलेपनि राष्ट्र बैंकले थप छलफल गरेर आगामी शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो 

यद्यपि छलफल सकेर राष्ट्र बैंकको संचालक समितिले पारित गरेको खण्डमा शुक्रबार अगावै पनि मौद्रिक नीति आउने सम्भावना छ । राष्ट्र बैंक स्रोतले बिजपाटी सँग भन्यो 'शुक्रबारको लागि तयारी भईरहेको छ, सम्भवत शुक्रबार नै आउने छ'

त्यस्तै राष्ट्र बैंक संचालक समितिका एक सदस्यले पनि मौद्रिक नीति आज नआउने पक्कापक्कि भएको बताए । उनका अनुसार पनि सम्भवत यहि शुक्रबार मौद्रिक नीति आउने छ  । शुक्रबारभन्दा पछाडी नजाने भएकोले यसै साता मौद्रिक नीति आउने पक्का भएको छ 

आगामी मौद्रिक नीतिलाई चासोका साथ हरिएको छ । राष्ट्र बैंकका गभर्नरले पटक पटक कडा मौद्रिक नीति ल्याउने बताईरहेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा  उनले देशको अवस्था,  आवश्यकता र परिस्थिति अनुसार नीति ल्याउने बताउने गरेका छन् । उनले बढ्दो मूल्यवृद्धिलाई रोक्न भए पनि ब्याजदर बढाउनु पर्ने तथा कोभिडको बेला दिइएको सहुलियत बन्द गर्नु पर्ने बताउदै आएका छन् । उनले अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने गरि मौद्रिक नीति आउने र त्यस्तो नीति आउँदा सबैले आ-आफ्नो ठाउमा केहि सहनु सक्नु पर्ने हुन सक्ने बताउने गरेका छन्। अर्थतन्त्रलाई ठिक ठाउँमा लैजानको केहि सहनु पर्दा अप्ठेरो मान्न नहुने उनले दोहोर्याउने गरेका छन् । 

त्यस्तै शेयर लगानीकर्ताहरुले शेयर धितोकर्जामा लगाईएको ४/१२ को सीमा पुनरावलोकन गर्नु पर्ने माग गर्दै आएका छन् । लगानीकर्ताहरु ४/१२ को सीमा शेयरधितो कर्जाको जोखिम भारको विषयलाई मौद्रिक नीतिले सम्बोधन गर्ने अपेक्षामा छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved