एनएमबि बैंकले लियो २ करोड ५० लाख अमेरिकी डलर कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2022 | 05:17:24 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक लिमिटेडले विश्व बैंक समुहकी सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलर कर्जा लगानी भित्र्याएको छ । एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आइबीच उक्त समझदारी आदान प्रदान भएको हो ।

यो कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्धत पुग्नेछ । एनएमबि बैंक चार वर्षको अवधिमा आइएफसिबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड–१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved