राष्ट्र बैंकका सञ्चालकले कति लिए बैठक भत्ता र सेवा सुविधा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2023 | 08:21:51 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील आर्थिक वर्ष २०७८/७९ मा सवा १४ लाख तलब बुझेका छन्। यस अवधि उनको भत्ता, सेवा तथा सुविधा भने तलव भन्दा २ गुणा बढी छ ।   

गत आर्थिक वर्ष कुल १४ लाख १८ हजार ४ सय तलब बुझेका गर्भनर अधिकारीले भत्ता, सेवा तथा सुविद्या बापत् ३१ लाख ८१ हजार ८ सय रुपैयाँ लिएका हुन। जुन रकम तलबको २.२४ गुणा बढी हो। 

गर्भनर सँगसँगै डेपुटी गर्भनरको पनि सेवा सुविधा तलब भन्दा बढी नै छ। समिक्षा अवधिमा डेपुटी गर्भनर निलम ढुंगाना र बम बहादुर मिश्रले १२ लाख ६९ हजार ६ सय तलब बुझ्दा क्रमशः २७ लाख १७ हजार र २६ लाख ३६ हजार बढी भत्ता तथा सेवा सुविधा बुझेका छन्। गर्भनर र डेपुटी गर्भनरले मात्रै ३९ लाख ५७ हजार ६ सय तलब बुझेका छन् भने ८५ लाख ३५ हजार रुपैयाँ बढीको भत्ता तथा सेवासुविधा  लिएका छन्। जुन तलब भन्दा २.१५ प्रतिशतले बढी हो। 

राष्ट्र बैंकका सञ्चालकले प्रति बैठक ९ हजार रुपैयाँ पाउँछन्। जसवापत् वर्षभरीमा गर्भनर अधिकारीले ३ लाख ५ हजार प्राप्त गरेका छन्। डेपुटी गर्भनर ढुंगानाले २ लाख ७३ हजार र मिश्रले २ लाख ९६ हजार पाएका छन्। 

राष्ट्र बैंकको सञ्चालकमा राष्ट्र बैंकका तीन जना बाहेक अतिरिक्त ४ जना रहन्छन्। जसमा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने गरि एक जना(सचिव) रहन्छन्। साथै आर्थिक, मौन्द्रीक, बैंकिङ्ग, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुबाट तीन जना सरकारले नियुक्ति गरेर पठाउने गर्छ। 

समिक्षा अवधिमा अर्थसचिवको तर्फबाट मधु कुमार मरासिनि र शिशिर कुमार ढुंगानाले प्रतिनिधित्व गरेका छन्। ढुंगाना गत आर्थिक वर्षको पहिलो आधा महिना नहुँदै अर्थ सचिवबाट बाहिरिएका थिए। उनले उक्त अवधिको बैंठक भत्ता १० हजार र भत्ता, सेवा तथा सेवा सुविद्या बापत् ३१ हजार २३८ रुपैयाँ बुझेका छन्। 

ढुगानापछि साउन १२ गते अर्थ सचिवमा मरासिनि नियुक्त भएका थिए। उनले २ लाख ५८ हजार बैंठक भत्ता र ४ लाख ८५ हजार ४२५ रुपैयाँ बराबरको भत्ता तथा सेवासुविद्या लिएका छन्। हाल अर्थमन्त्रालयमा सचिव कृष्ण हरी पुस्कर छन्। उनी गत भदौ १ गतेदेखि अर्थमन्त्रायको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा छन्। 

राष्ट्र बैंकको सञ्चालकमा रहेका सुवोध कुमार कर्णले १ लाख ५२ हजार बैंठक भत्ता लिएका छन् भने सेवा सुविद्या बापत् ६ लाख ९५ हजार ५१६ रुपैयाँ लिएका छन्। उनी ०७५ साल बैंशाख ४ गतेदेखि सञ्चालकमा छन्। आगामि बैंशाखबाट उनको पाँच वर्षे कार्यकाल सकिने छ। 

त्यस्तै गत वर्ष सञ्चालकमा रहेर श्रीराम पौडेलले २ लाख ६ हजार बैंठक भत्ता र ११ लाख ३२ हजार ३५४ रुपैयाँ सेवासुविधा बापत् लिएका छन्। समिक्षा अवधिमा राष्ट्र बैंकको सञ्चालकमा मात्रै(राष्ट्र बैंक भित्र नरहेको) रहेका मध्ये सबैभन्दा बढी सेवा सुविद्या लिनेमा पर्छन्, पौडेल। उनले दुई कार्यकाल सकेर राष्ट्र बैंकको सञ्चालकबाट बाहिरिएका हुन्। पहिलो कार्यकाल २०७४ वैशाख ३ गते सकियर पुनः ५ वर्षको कार्यकालको लागि निरन्तरता पाएका थिए।

पौडेलसँगै ५ वर्षे कार्यकाल सकेर बाहिरिएका रामजी रेग्मीले बैंठक भत्ता २ लाख १५ हजार र सेवा सुविधा बापत् ३ लाख ६२ हजार रुपैयाँ लिएका छन्। रेग्मी र पौडेलको कार्यकाल सकिएपछि रिक्त पदमा ०७९ साल जेठ ६ गते नियुक्ति भएका थिए। हाल चिन्तामणी शिवाकोटी र शङकर प्रशाद आचार्य सञ्चालक छन् । उनीहरुले गत वर्ष दुई महिनाको मात्रै वैठक भत्ता तथा सेवासुविद्या प्राप्त गरेका हुन्। समिक्षा अवधिमा शिवाकोटीले ९० हजार वैठक भत्ता र सेवासुविद्या बापत  ३५ हजार ५६४ रुपैयाँ लिएका हुन्। आचार्यले पनि बैंठक भत्ता ९० हजार नै लिएका छन् तर सेवासुविद्या बापत् उनले २३ हजार ४१२ रुपैयाँ लिएका छन्। 

गर्भनर र डेपुटी गर्भनरको बाहेक बैठक भत्ता १० लाख २१ हजार खर्च भएको छ भने अतिरिक्त सेवा सुविधाको लागि २७ लाख ६५ हजार ५ सय रुपैयाँ बराबर खर्च भएको छ। जुन बैंठक भत्ताको तुलनामा यो रकम २.७० गुणा बढी हो। यसरी राष्ट्र बैंकले सञ्चालक समितिको बैंठकको लागि बैंठक भत्ता बापत् १८ लाख ९५ हजार खर्चेको छ भने सञ्चालकको सेवा सुविधा बापत १ करोड १३ लाख १ हजार ३११ रुपैयाँ खर्चेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved