राष्ट्र बैंकलाई २ प्रतिशतमै ५३ अर्ब दिन बैंकहरु तयार, सर्वसाधारणलाई सस्तो ब्याजमा कर्जा कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2023 | 06:42:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले २ दिनको अवधिमा राष्ट्र बैंकलाई रिभर्स रिपो मार्फत ४० अर्ब लगानी गरेका छन् । बैंकहरुले मंगलबार २.५४ प्रतिशत भारित औसत ब्याजदरमा २० अर्ब र आज बुधबार २.३७ प्रतिशत भारती औसत ब्याजदरमा थप २० अर्ब लगानी गरेका हुन् ।

मंगलबार राष्ट्र बैंकले २० अर्ब माग गरेपनि बैंकहरुले ५३ अर्बसम्म लगानी गर्न तयार भएका थिए । बुधबार २० अर्ब माग हुँदा बैंकहरु ४० अर्ब लगानी गर्न तयार देखिएका थिए ।  यसले बैंकहरुमा पैसा थुप्रिएको र बैंकहरु सस्तो ब्याज मै राष्ट्र बैंकलाई लगानी गर्न चाहेको देखिन्छ ।

तर यसो भईरहंदा दश प्रतिशत ब्याज तिर्छु भन्ने आमसर्वसाधारण तथा उद्योग, व्यवसायीलाई भने बैंकहरु कर्जा दिन अनेक बहानाबाजी गरिरहेका छन् । सकेसम्म बढी ब्याज आउने ठाउँमा कर्जा लगानी गर्ने बैंकहरु जनतालाई दश प्रतिशतमा पनि कर्जा नदिएर राष्ट्र बैंकलाई सस्तो ब्याजमा कर्जा दिन तयार देखिनु आश्चर्यको विषय बनेको छ। 

वार्षिक दश प्रतिशत ब्याज तिर्न तयार जनतालाई कर्जा नदिएर डेढ प्रतिशत ब्याजमा राष्ट्र बैंकलाई नै किन दिनु परेको होला ? यो आम-सर्वसाधारणको दिमागमा आउने प्रश्न हो। तर यो कुरा बैंकहरुका लागि नौलो नभएको एक बैंकका प्रमुख कार्यकारी अधिकृत बताउँछन्। 

बैंकहरुले यो रकम १४ दिनको लागि मात्र राष्ट्र बैंकलाई लगानी गरेका हुन् । आफुसंग पैसा राखिरहनु भन्दा जति ब्याज आएपनि जोखिम नरहेको रिभर्स रिपो मार्फत राष्ट्र बैंकलाई लगानी गर्नु फाइदा भएकोले बैंकहरु सस्तो ब्याज मै ठुलो रकम लगानी गर्न तयार भएका हुन् । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २ पटक गरेर केवल १४ दिनको लागि यो रकम लिएको हो ।  

बैंक तथा वित्तीय संस्थासँग पनि  सुरक्षित व्यापार गरेर ढुक्कले आम्दानी गर्नलाई बैक तथा वित्तीय संस्थाहरु पल्किएपछि बैंकहरुले जोखिम मोलेर सर्वसाधारणमा कर्जा लगानी नगरेको केही हदसम्म सत्य भएको स्वयम् बैंकका उच्च पदस्थ कर्मचारी बताउँछन्।  बैंकहरु सरकार र राष्ट्र बैंकसँग कर्जाको कारोबारमा रमाउँदा प्रणालीमा पैसा जान नसकेको केही  हदसम्म सत्य भएको नेपाल बैंकर्स सङ्घका एक उच्च अधिकारी बताउँछन्। 

उनकाअनुसार राष्ट्र बैंकले बनाएका केही निर्देशनका कारण पनि कर्जा दिन नसकिएको हो।  चालूपूँजी कर्जासम्बन्धी मापदण्ड, घरजग्गा, शेयर धितो, हायरपर्चेज जस्ता कर्जा जाने क्षेत्रमा कर्जा परिचालनलाई कडा व्यवस्था गरिएकाले बजार चलायमान हुन नसकेको ति अधिकारी स्विकार्छन। 

यस अघि : प्रणालीमा पैसा थुप्रिएपछि डेढ प्रतिशत ब्याजमै कर्जा लगानी गर्न बैंकहरु तयार

हिजोको भन्दा पनि कम ब्याजमा बैंकहरुले राष्ट्र बैंकलाई दिए २० अर्ब

 बैंकहरुमा थुप्रियो झन्डै ५ खर्ब, पैसा थुप्रिएपछि ब्याज घटाउने तयारीमा बैंकर्स संघ

बैंकहरु सरकार र राष्ट्र बैंकसँगको कारोबारमा रमाउँदा बजारमा पैसाको अभाव



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved