महँगी निर्धारण गर्न नयाँ आधार वर्ष कायम गर्दै राष्ट्र बैंक, मूल्य सङ्कलन कार्य सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2023 | 08:00:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष कायम गर्ने  भएको छ। समयको अन्तरालसँगै उपभोक्ताको व्यवहारमा आएको परिवर्तन, बजारमा वस्तु तथा सेवाको उपलब्धतामा आएको परिवर्तन तथा देशको प्रादेशिक संरचनालगायतका कारण आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष कायम गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। 

यसको लागि बैंकले २०८० साउनदेखि २०८१ असारसम्म देशका ७७ जिल्लास्थित तोकिएका बजार केन्द्रहरूमा विभिन्न वस्तु तथा सेवाको विवरण तथा मूल्य सङ्कलन गर्ने कार्य सुरू गरेको छ । नमूना सर्वेक्षणमा परेका पसल तथा संघसंस्थामा आउने मूल्य सङ्कलकलाई आवश्यक तथ्याङ्क एवम् जानकारी उपलब्ध गराई सहयोग गरिदिन राष्ट्र बैंकले तथ्याङ्क प्रदायक पसल, संघसंस्था र सबै सरोकारवालासमक्ष अनुरोध गरेको छ। प्राप्त तथ्याङ्क र जानकारी तथ्याङ्क ऐन, २०७९ बमोजिम गोप्य रहने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

तथ्याङ्क संकलनको कार्य सकिएपछि राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष कायम गरेर समग्र मूल्यस्थितिलाई मापन गर्ने छ।  राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्कसम्बन्धी तथ्याङ्क नियमित रूपमा प्रकाशन गर्दै आएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved