अब प्राइम कमर्सिअल र लुम्बिनी विकास बैंकबाट रकम निकाल्न एटिएम कार्ड नचाहिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 05:09:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेडका (नेप्स) सदस्य बैंकहरु प्राइम कमर्सिअल बैंक र लुम्बिनी बिकास बैंकद्वारा हालै नेप्सको कार्ड Processing स्विच प्रयोग गरी कार्डलेस क्यास विथड्रल सेवा सुचारु गरेका छन् । यस सेवाको कार्यान्वयनसँगै अब यी बैंकहरुका ग्राहकवर्गहरुले एटिम कार्ड बिना नै एटिम मेसिनहरुबाट सहज र सुरक्षित तवरले नगद निकाल्न सक्ने भएका छन् ।

कार्डलेस क्यास विथड्रल गर्नका लागि यी बैंकहरुका ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग Login गरी Cardless Withdrawal  गर्नु पर्नेछ । साथै, आफुले झिक्न चाहनु भएको रकम प्रविष्ट गरि Proceed  थिच्नु पर्नेछ । यस पश्चात दर्ता गरिएको मोबाईल नम्बरमा ग्राहकलाई बैंकले OTP Code पठाउने छ ।

 ग्राहकले यी बैंकहरुका कुनै एटीएममा गई Cardless Transaction  चयन गर्नुपर्ने छ र मागिएको विवरण जस्तै आफ्नो मोबाईल नम्बर, पठाईएको OTP Code  तथा आफुले झिक्न चाहनु भएको रकम प्रविष्ट गरी, कार्डबिना एटीएम मेसिनबाट नगद निकाल्न सक्ने बैंकले जनाएको छ ।

हालसम्म नेप्सका सदस्य बैंकहरु मध्य कार्डलेस क्यास विथड्रल सेवा, लक्ष्मी सनराज बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइ।एम।ई। बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, ज्योति बिकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंकहरुमा कार्यान्वयन भइसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved