नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा आजदेखि नियमित उडान सेवा प्रारम्भ गरेको छ। मेघौली उडान हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने जनाइएको छ।
४० मिनेटको उडान पछि विमान मेघौली पुग्नेछ। हाललाई मेघौलीका लागि एकतर्फी भाडा ३ हजार १६५ निर्धारण गरिएको छ। यसै गरी ताप्लेजुङ्गको सुकेटारमा पनि निगमले आजदेखि आफ्नो नियमित सेवा पुनः प्रारम्भ गरेको छ।
सुकेटारका लागि हप्ताको एकदिन बुधबार बिहान ७ बजे काठमाडौबाट उडान गरिनेछ। सुकेटारका लागि एकतर्फी भाडा ५ हजार ४०५ निर्धारण गरिएको छ ।