हुवावेको सस्तो स्मार्टफोन वाई नाइनप्राइम सार्वजनिक, यस्तो छ मुल्य र बिशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 07:07:34 PM मा प्रकाशित

laxmi  sunrise bank

हुवावेले पप–अपक्यामरा भएको वाई नाइनप्राइम २०१९ सार्वजनिक गरेको छ । विश्वकै दोस्रो ठुलो स्मार्टफोन उत्पादक कम्पनी हुवावेले काठमाण्डौमा आयोजित एउटा कार्यक्रमकामाझ सस्तो मूल्यको वाई नाइनप्राइम सार्वजनिक गरेको हो ।

उच्चकार्यक्षमता, शक्तिशाली ७१० एफचिपसेट र इन्टेलिजन्ट ईएमयूआई नाइनअपरेटिङ सिस्टमजडित स्मार्टफोनमा एआई सपोर्ट गर्ने फोटोग्राफी, लामो ब्याट्री लाइफ, हाई एण्ड ग्राफिक्स र आकर्षक डिजाइनहरू सहितका विशेषताहरू रहेको छ । 

साथै फोनमा ट्रिपल क्यामरा सेटअपको साथमा १६ एमपी + ८ एमपी + २एमपी रियर क्यामरा सिस्टम रहेको छ। सामान्य अवस्थामा क्यामरा फोनको भित्रपट्टि हुनेछ तर सेल्फीहरू लिँदा एक सेकेण्डमा स्वतः स्क्रीनको अगाडि निस्कन्छ । यसका अलवा फोनमा ६.५९ ईन्चको फूल एचडी डिस्प्ले रहेको छ।

हुवावेले वाई नाइनप्राइम २०१९ सिरिजअन्तर्गत पप–अपक्यामरा र पूरै एचडी डिस्प्ले भएको बेजल–लेस फोन सस्तो मुल्यमा उपलब्ध गराएको छ । कालो, नीलो र हरियो रंगहरुमा उपलब्ध फोनको बजार मूल्य २९ हजार ९ सय ९० तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved