सुरु भयो औजार, हरेक घर तथा अफिसलाई मर्मत सेवा दिने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2020 | 03:57:30 PM मा प्रकाशित

laxmi  sunrise bank

गत भाद्र १ गते देखि कार्य सुरुवात गरेको औजारको आजबाट विधिवत सुरुवात गरेको छ । कम्पनीले आज घटस्थापनाको दिन पारेर विधिवत रुपमा शुभारम्भ गरेको हो।

कम्पनीले आजैबाट वेबसाइट पनि सुरु गरेको छ । एक जना प्राविधिक बाट कार्य सुरुगरेको औजारले अहिले प्रत्यक्ष १३ तथा अप्रत्यक्ष २२ गरि ३५ जना प्राविधिक तथा ३ जना ब्यस्थापक गरि जम्मा ३८ जनाबाट सेवा दिईरहेको छ । २१ देखि ३८ वर्ष उमेर समूहको औजार परिवारसंग अर्किटेक देखि लिएर आइटी इन्जिनीयर सम्मको सहभागीता रहेको औजारका प्रबन्ध संचालक उत्सब भट्टराईले बताए ।

औजारले एक वर्ष भित्र नेपालकै एक नमुना सेवा प्रदाइक सस्थाको रुपमा स्थापित गर्ने लक्ष्य लिएको सस्थाका सह संचालक तथा प्लम्बिङ्ग तथा सेनिटरी एक्स्पर्ट उमेश भुजेलले बताए ।  

औजारले इलेक्ट्रिकल, नेटवर्किंग, प्लम्बिङ्ग, कार्पेंटरी, मेसन, टाएल मेसन, मेटल वर्क, आलुमिनियम पार्टेसन, रंगरोगन आदिको मर्मत, सम्भार तथा नयाँ काम हरु गर्दै आएको छ। यी सेवाको लागि वेबसाइट, फेसबुक, डाइरेक्ट कल तथा डोर टू डोर मार्केटिंग बाट सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved