कनेक्टिविटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओपो सम्मिलित

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 21, 2021 | 10:57:19 AM मा प्रकाशित

laxmi bank

विश्वकै अग्रणी प्राविधिक ब्राण्ड ओपो र द कनेक्टिविटी स्ट्यान्डर्ड् एलायन्स (सीएसए)ले संयुक्तरुपमा ओपो एलायन्सको बोर्ड अफ डायरेक्टर्समा तत्कालै सम्मिलित भएको घोषणा गरेको छ । नयाँ भूमिका अन्तर्गत ओपोले प्रमुख सदस्यका रुपमा ईन्टरनेट अफ थिंग्स (आईओटी) कनेक्टिविटी प्रोटोकल मामिला, म्याटरको विकासका तथा चीनमा प्राटोकलको प्रबद्र्धनका लागि अग्रणी भूमिका निभाउने जानकारी दिइएको छ । 

 सीएसएद्वारा विकसित तथा निरन्तरता दिइएको म्याटर ‘कनेक्टेड थिंग्स’को जग हो । यसले प्रयोगकर्ताहरुलाई विभिन्न आईओटी उपकरणहरु एकअर्कामा कनेक्टेड राख्ने कार्यमा सहज प्रयोगकर्ता अनुभव प्रदान गर्छ । सीएसएको बोर्ड सदस्यका रुपमा ओपोले म्याटर वर्किंग गु्रपलाई अत्यधिक कम्प्याटिवल आईओटी ईकोसिस्टम निर्माणका लागि महत्वपूर्ण योगदान प्रदान गर्दै पार्टनरहरुसंगको सहकार्य मार्फत एलायन्सको प्राटोकल विकासलाई तिब्रता दिने जनाएको छ ।

यसका लागि ओपोले नयाँ प्राटोकल्सका लागि प्रस्तावना। नयाँ मानकको स्थापना तथा म्याटरमा आधारित नयाँ प्रोटोटाइपको विकास लगायत क्षेत्रमा सघाउने छ । ओपोले एलायन्सका प्रविधिहरु आफ्ना आईओटी प्रणाली तथा उत्पादनमा अंगीकरण गर्दै चीन लगायत अन्य क्षेत्रमा सीएसएको प्रबद्र्धन मार्फत कनेक्टिविटीको भविस्य ट्रान्सफरमेशनका लागि काम गर्ने बताईएको छ । साथै, ओपोले अन्य सीएसए सदस्यहरुसंग आफ्नो सहकार्यलाई बढावा दिँदै भरपर्दो, सुरक्षित र त्रुतिरहित मल्टि—सिनेरियो कन्भर्जेन्ट आईओटी अनुभव प्रयोगकर्तालाई पस्कने उल्लेख गरेको छ ।

‘म्याटरको विकास तथा आईओटी उत्पादन मार्फत आफ्ना प्रयोगकर्तालाई सुदृढ अनुभव प्रदान गर्न सीएसएको बोर्ड अफ डाइरेक्टर्समा सम्मिलित हुन पाउँदा हामी निकै हर्षित तथा गौरवान्वित छौँ’, ओपोको स्ट्यान्डर्ड्स रिसर्च विभागका निर्देशक निल यांगले भने, ‘ ५० भन्दा अधिक देश मार्फत आईओटी तथा मार्केटिंगमा आर्जित हाम्रो वैश्विक विशेषज्ञता चीन लगायत क्षेत्रमा म्याटरको प्रबद्र्धनका लागि प्रदान गर्नेछौँ । सीएसए तथा यसका सदस्यहका साथमा हामी आईओटीको भविस्यलाई आकार दिनुका साथै, हरेक प्रयोगकर्तालाई सुदृढ अनुभव प्रदान गर्ने आईओटी उत्पादनको निर्माणका लागि प्रतिबद्धतालाई पनि निरन्तरता दिनेछौँ ।’

‘बोर्ड अफ डायरेक्टर्सका रुपमा ओपोसंगको अभूतपूर्व सहकार्यले अधिक सहज, कल्पनाशील र उपयोगी संसार निर्माण गर्ने हाम्रो मिशनलाई थप गति प्रदान हुने हाम्रो विश्वास छ’, सीएसएका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, टोबिन रिचार्डसनले भने ‘ बोर्डमा ओपोको उपस्थितीले म्याटरलाई चीन लगायत एसिया भर प्रबद्र्धनका लागि उल्लेख्य योगदान मिल्नेछ । यसले अरबौँ प्रयोगकर्तालाई सुदृढ आईओटी अनुभव प्रदान गर्न सघाव मिल्नेछ ।’

पछिल्लो समयमा जीगबी एलायन्सका रुपमा परिचित, द कनेक्टिविटी स्ट्यान्डर्ड्स एलायन्सको स्थापना सन् २००२मा भएको हो । आईओटीको जग तथा भविस्यका रुपमा यसमा विश्वभरका ४ सय कम्पनी र २२ बोर्ड मेम्बर्स सम्मिलित छन् । करिव २ दशकदेखि सीएसए सदस्यहरु प्राविधिक मानकहरु मार्फत आईओटीलाई सहज तथा थप कम्प्याटिवल बनाउन संयुक्तरुपमा सहकार्य गरिरहेका छन् ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved