रियलमीको फ्लागसिप किलर 'रियलमी जिटी नियो २' सार्वजनिक, कति पर्छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2021 | 05:27:50 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्रान्ड, रियलमीले रियलमी जिटी नियो २ नेपालमा सार्वजनिक गरेको छ । जसको मूल्य रु. ५४, १९९ रहेको छ ।

जसमा  ८/१२८ जीबी स्टोरेज रहनेछ  । यसमा प्राविधिक नवीनताका साथै सुन्दर डिजाइन देख्न पनि छ । शुरुका ग्राहकहरुले तोकिएको भन्दा ३ हजार कम मूल्य अर्थात् ५१ हजार १९९ मा यो मोवाइल फोन खरीद गर्न पाउनेछन् । 

रियलमी जिटी नियो २ को लम्बाइ १६२.९ एमएम, चौडाइ ७७५.६ एमए र उचाइ ८.६ एमए रहेको छ । 

रियलमीको इतिहासमै पहिलो पटक रियलमी जिटी नियो २ मा ८ तहका तीन आयामको तापक्रम नियन्त्रण गर्ने ४१२९ एमएम स्क्वायर क्षेत्रफलमा बाफलाई चिस्याउने खिया नलाग्ने स्टिलको संरचना रहेको छ । 

५००० एमएएच् ब्याट्रीले ६५ वाट सुपरडार्ट चार्जिङ लाई सपोर्ट गर्ने हुनाले मात्र ३६ मिनेटमा फोन चार्ज हुन्छ । एक पटकको चार्जमा प्रयोगकर्ताले ३३ घण्टा टकटाइम, ८८ घण्टा संगीत, ८ घण्टा गेम र २५ घण्टा भिडियोको मज्जा लिन सक्ने दाबी कम्पनीको छ । 

यसमा रहेको ट्रिपल क्यामेरा छ । रियलमीको स्मार्टफोनमा ई४ डिस्प्ले रहेको छ । यसले अधिकतम १३०० नीट सम्मको ब्राइटनेस दिन्छ ।

रियलमी जीटी नियो २ कार्तिक २५ देखि दराज अनलाइनमा उपलब्ध हुनेछ । इच्छुक ग्राहकले उक्त स्मार्टफोनमा रु.५१,१९९ को शुरुवाती मूल्यमा अग्रीम बुकिङ्ग गर्न र दराजको ११.११ का सुविधाहरु प््रााप्त गर्न सक्ने छन् । यस सुविधा अन्तर्गत कार्तिक २८ देखि भाउचर तथा बैँकिङ्ग छुटमा वितरण शुरु हुनेछ तथा अफलाइन ग्राहकले कार्तिक २७ देखि अग्रीम बुकिङ्ग गर्न सक्नेछन् । रियलमी नियो जिटी २ नियो ब्लाक र नियो ग्रीन गरी २ रङ्गमा उपलब्ध हुनेछ । 

भिडियोः



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved