वार्षिकोत्सवमा पञ्चकन्या ग्रुपद्वारा रक्तदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2023 | 09:59:01 AM मा प्रकाशित

laxmi  sunrise bank

विगत वर्षहरुमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सोमबार केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रम गरिएको ग्रुपले जनाएको छ ।

उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुप, शुभचिन्तकहरु गरी सहभागी मध्ये जम्मा ३३ जनाले रक्तदान गरेका थिए ।

पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved