कोकाकोला र आईसेकबीच सम्झौता, बुटवलमा युवा वक्ता फोरमलाई संदेश प्रदान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 31, 2017 | 08:57:22 PM मा प्रकाशित

laxmi  sunrise bank

कोकाकोला र एसोसिएसन इन्टरन्यासनाले डेस एटुडियसेन साइन्सेस इकोनोमिक एट कमर्शियल (आईसेक) बीच सम्झौता भएको छ । कोकाकोला लुम्बिनीसँगको सहकार्यमा यो वर्षको यूवा स्पीक फोरम यहि साउन १४ गते आयोजना गरीएको हो। 

एसोसिएसन इन्टरन्यासनाले डेस एटुडियसेन साइन्सेस इकोनोमिक एट कमर्शियल (आईसेक)युवाद्धारा संचालित विश्वको सबैभन्दा ठूलो गैर नाफामुलक संस्था हो । यस संस्थाले एक लाखभन्दा बढि युवाहरुलाई उनीहरुको नेतृत्वदायी संभावनाका लागि सक्रिय बनाउँदै आएको छ ।

देशभरका युवाहरुसँग सम्बन्ध बढाउने पाटोको रुपमा, कोकाकोलाले नेपाल र यो क्षेत्रमा आईसेकलाई सहयोग गरेको देशिय बजार प्रबन्धक गौरव रामदेवले बताए।   

सन् २०१६ मा, कोकाकोला नेपालले एशिया प्यासिफिकका २० मुलुकबाट आएका युवाहरु सम्मिलित एशिया प्यासिफिक लिडर समिटलाई कोकाकोलाले नेपालमा सहयोग गरेको थियो। जसमा युवा, विकास व्यवसायीक व्यक्तित्व, व्यवसायीक नेतृत्वहरुलाई समाजिक परिवर्तनको अभियन्ताको रुपमा लैजानका लागि एक आपसमा छलफल चलाएको थियो ।

यो वर्ष आईसेक लुम्बिनीको च्याप्टरले करिब २०० सदस्यहरु र युवाहरुलाई सबै जिल्लाहरुबाट संयुक्त राष्ट्रसंघको सस्टेनेबल डेभलपमेन्ट गोलको बारेमा छलफल गराएको थियो । र सो लक्ष्य प्राप्त गर्न युवाहरुले के गर्न सक्दछन् भन्ने बारेमा कुराकानी भएको थियो । 

रामदेवले भने, ‘यो सहकार्यका साथमा, हामी नेतृत्वदायी सिपको बारेमा हामी आगामी दिनमा युवाहरुसँग विभिन्न श्रृंखलामा छलफल चलाउँदै ठोस सम्बद्ध हुन चाहन्छौं । वर्तमानको उच्च प्रतिस्पर्धी विश्वमा जिवन जिउन र समृद्धि हासिल गर्न युवावस्ताका मानिसहरुका लागि निकै कठिन समय हो ।’

अन्य वक्ता सोनम श्रेष्ठ, एफपानका केन्द्रिय युवा वक्ता लगायतले लैंगिक समानताको बारेमा संवेदनशिल विषयहरुको बारेमा उठान गरेका थिए । विशम ज्ञवाली, युवा कार्यक्रम अधिकृत र यूएनडिपीका एसडिजी एडभोकेट, विशाल श्रेष्ठ आइक्यान आईएलटीएसका एमडि, र अभिशेक मास्के, आरजे, किंग्स कलेमा ब्राण्ड एण्ड रिलेसनसिप म्यानेजरले नेपालमा गुणस्तरिय शिक्षालाई पुर्न परिभाषित गर्नुपर्ने आवश्यकताको बारेमा बोलेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved