नबिल बैंक कर्मचारी संघको बिशेष महाधिवेशन सम्पन्न, विधान संसोधन गर्न संघ सफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 11:12:32 AM मा प्रकाशित

nepal oil ltd

नबिल बैंक कर्मचारी संघले आफ्नो विधान संसोधन गर्न सफल भएको छ। संघले बिशेष महाधिवेशन २०८० मार्फत नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नु अगाडिका व्यवस्थाहरु संसोधन गर्न सफल भएको हो। 

बिशेष महाधिवेशन बाट संघको बिधान संसोधन लगायत अन्य महत्वपुर्ण निर्णय पारित भएको संघका अध्यक्ष भट्टराईले जनाएका छन्। काठमाण्डौ स्थित अल्फा हाउसमा आयोजना गरिएको विशेष महाधिवेशनमा बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित वर्तमान अवस्थाबारे बृस्तृत छलफल भएको थियो। 

विशेष महाधिवेशनमा नबिल बैंक कर्मचारी संघका अध्यक्ष सबिन भट्टराईले बैंकका कर्मचारीको हकहितको पक्षमा आफुले सक्दो पहल गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्दता जनाए। 

कार्यक्रमको उद्घाटन सत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत, मानव संशाधन विभागका प्रमुख, नायब प्रमुख कार्यकारी अधिकृतको साथै फिउन राष्ट्रिय समितिका अध्यक्ष, उपाध्यक्ष तथा महासचिव लयायत अन्य बैंकका कर्मचारी संघका पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

विशेष महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरू, नेपाल वित्तीय संस्था कर्मचारी संघका पदाधिकारिहरू, नबिल बैंकका व्यवस्थापकहरू, विभिन्न बैंकका कर्मचारी संघ तथा नबिल बैंकका कर्मचारीहको सहभागिता थियो।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved