विश्वकप क्रिकेटमा बंगलादेशको सुखद सुरुवात, दक्षिण अफ्रिका फेरी पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 09:56:28 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा बंगालदेशले पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै सुखद सुरुवात गरेको छ। आइतबार भएको खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै बंगलादेशले बिजयी सुरुवात गरेको हो।   

दी ओभलमा भएको खेलमा बंगलादेशले दिएको ३३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ९ रनमै सिमित रह्यो। दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ५ चौका र १ छक्काको सहयोगमा ६२ रन बनाए । एडेम मार्करमले र जेपी डुमिनिले समान ४५–४५, रस्सी भान डर डुसन ४१, डेविड मिलर ३८, क्विन्टन डि कक्का २३ र क्रिस मोरिसले १० रनको योगदान गरे । 

त्यस्तै बलिङतर्फ बंगलादेशका लागि मुश्फिकर रहिमले सर्वाधिक तीन विकेट लिए । त्यस्तै मोहमम्द शैफुदिनले दुई विकेट लिँदा मेहिदी हसन र साकिब अल हसनले समान एक–एक विकेट लिए ।   

तर हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३० रन बनायो। बंगलादेशका लागि मुस्ताफिकुर रहमानले अर्धशतक र साकिब अल हसनले अर्धशतकीय पारी खेले । ८० बल खेलेका मुस्ताफिकुरले ८ चौकाको सहयोगमा ७८ रन पूरा गरे । त्यस्तै ८४ बल खेलेका साकिबले ८ चौका र १ छक्काको सहयोगमा ७५ रन बनाए ।

बंगलादेशको विशाल लक्ष्य बनाउन महमदुल्लाहले ४६ रन जोड्दा सौम्य सरकार ४२, मोसद्देक हुसैन २६, मोहमद मिथुन २१ र तामिम इकबालले १६ रन जोडे । बलिङतर्फ दक्षिण अफ्रिकाका लागि इमरान ताहिर, क्रिस मोरिस र एण्डिले फेह्लुक्वायाले समान दुई–दुई विकेट लिए।

जारी विश्वकपमा आफ्नो जितसंगै बंगालदेश पाँचौं स्थानमा अटेको छ भने दक्षिण अफ्रिका अप्ठ्यारोमा परेको छ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डसंग पराजित भएको अफ्रिकाको यो लगातार दोस्रो पराजय हो।     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved