हुण्डी कारोबार गर्ने ४ जना विरुद्द मुद्दा दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2022 | 04:32:45 PM मा प्रकाशित

laxmi  sunrise bank

राजस्व अनुसन्धान विभागले ४ जना विरुद्द विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दायर गरेको छ । विभागले आज सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले  ककनी-३, नुवाकोट स्थायी ठेगाना भएका नवराज ढुङ्गाना, ककनी-३ नुवाकोट स्थायी ठेगाना भई शिव सर्भिस एण्ड मल्टिपर्पोज प्रा.लि. बालाजुका सञ्चालक फणिन्द्रप्रसाद ढुङ्गाना,  भीरकोटगढी-११ नुवाकोट स्थायी ठेगा भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ३६ म्हैपी बस्ने सुवास क्यासमिर कलेक्शनका प्रोप्राईटर सुवास जङ्ग पाण्डे र ककनी-३ नुवाकोट स्थायी ठेगाना भई हाल जापान बस्ने भनिएका प्रज्वल ढुङ्गाना विरुद्द मुद्दा दायर गरेको हो ।

विभागले उनीहरुसंग ६९ लाख ९९ हजार जफत गर्न माग गरेको छ ।

विभागका अनुसार विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त, बालाजु, काठमाडौंको संयुक्त टोलीले  नवराज ढुङ्गानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार रूपैयाँ सहित पक्राउ गरी प्रहरी प्रतिवेदन सहित थप अनुसन्धानका लागि विभागमा पठाएको थियो ।

खानतलासी तथा वरामदी मुचुल्का, प्रहरी प्रतिवेदन, प्रतिवादीहरुको वयान, बुझिएका ब्यक्तिहरुले गरिदिएको कागज, खानतलासी तथा बरामदी गर्ने प्रहरी कर्मचारीहरुले गरिदिएको कागज, कल डिटेल्स रेकर्ड, समेतवाट उक्त रकमका सम्वन्धमा अनुसन्धान तथा तहकीकात हुँदा उक्त रकम अवैध हुण्डी कारोवार गरेको रकम भएको खुलेको विभागले जनाएको छ । उक्त रकम जापानमा रहेका भनिएका प्रज्वल ढुंङगानाले सुवास जङग पाण्डेलाई भने मुताविक सुवास जङग पाण्डेले नवराज र फणिन्द्रलाई  उक्त रकम उपलब्ध गराएको देखिएको छ ।

अनुसन्धानको क्रममा प्रतिवादीहरूले बरामदीत रकमलाई पुष्टि तथा प्रमाणित गर्ने कागजात पेश गर्न नसकेको, विदेशी विनिमय कारोवार गर्न ईजाजतपत्र नलिएको, प्रतिवादीहरूले नेपालमा आउनुपर्ने विदेशी मुद्रा विदेशमै राखी वरामद भएको नेपाली रुपैया वरावरको विदेशी मुद्राको अवैध कारोवार गरी विदेशी विनिमय ऐन विरुद्द कसुर गरेको देखिएकोले मुद्दा दायर गरेको विभागले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved